सिटिजन्स बैंक र क्लिनिकवन प्रा. लि बीच सहकार्य
Tuesday Oct 09, 2018
वि.सं.२०७५ असोज २३ मंगलवार १३:५१

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र क्लिनिकवनप्रा. लि,जावलाखेलबिच बैंककाग्राहकवर्गलाई क्लिनिकको सेवाशुल्कमाविशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा बैंककातर्फबाट बैंककाप्रमुख संचालनअधिकृत श्री पारस कुमार काफ्ले र क्लिनिककाप्रमुखकार्यकारी अधिकृत श्री रघु बिक्रम राणाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो ।
यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहकग्राहकतथा परिवारका सदस्यहरुले क्लिनिकवनप्रा. लि.मा उपचार गराउँदातथाअन्य सेवालिंदाबिशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८०वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाटकरिवतीनलाखपचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ ।




























