CG Electronics
IME Life
Ncell NPL

बामदेवका कारण नेकपामा तिब्र असन्तुष्टि, पाँच लाख घुससहित सहन्यायाधिवक्ता पक्राउ

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं– नेकपा नेता वामदेव गौतम उपनिर्वाचनबाट संसद् छिर्न खोज्दै छन् । यसका लागि काठमाडौं ७ का सांसद रामवीर मानन्धर सिट छाड्न तयार भइसके ।

पार्टी नेतृत्व भने गौतमसँग असन्तुष्ट देखिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले यसबारे बोलेका छैनन् ।

गौतमका पक्षमा रहेका भनिएका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि बुधबार ‘सिट गुम्ने गरी उपनिर्वाचनमा नजाने’ विचार व्यक्त गरे । मानन्धरले ‘स्वीकृति पत्र’ अध्यक्ष दाहाललाई नै बुझाएका थिए । उनको पत्र सोमबार सचिवालय बैठकमा पढेर सुनाइएको थियो । मंगलबार उनले पत्रकार सम्मेलन गरी गौतमका लागि पद त्याग्न तयार रहेको घोषणा गरे ।

मानन्धरको घोषणासँगै गौतमको इच्छामा शीर्ष नेतृत्व आश्चर्यमा परेको एक नेताले बताए । ‘कहीँकतै छलफल नभई एक्कासि मानन्धरले पत्रकार सम्मेलन गरेको देख्दा अचम्भित छौं’, स्थायी समितिका ओलीनिकट एक नेताले भने, ‘यति ठूलो निर्णय पार्टीले औपचारिक रूपमा गर्नुपथ्र्याे ।’

मानन्धरको राजीनामा घोषणा र गौतमको उम्मेदवारीबारे नेकपाले कुनै आधिकारिक निर्णय लिइसकेको छैन । गौतमले पनि काठमाडौं ७ मा उपनिर्वाचन लड्ने÷नलड्नेबारे कुनै प्रतिक्रिया दिएका छैनन् । सामाजिक सन्जाल फेसबुकमा रामवीरप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

‘नतमस्तक छु कमरेड रामवीर मानन्धर, तपाईंले पत्रकार सम्मेलन गरेर जुन अभिव्यक्ति दिनुभयो, त्यो विचारले मेरो कद अझ उँचो बनाएको छ । संगठनका लागि हामी दुवै जना सिपाही हो । भोलिका दिनमा संगठनले मलाई दिने भूमिका र तपाईंले गरेको त्यागप्रति उँचो राख्न र तपाईंले मप्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन । पार्टीले हामीलाई भूमिका र जिम्मेवारी जे जस्तो दिए पनि जनताको काममा सधै सँगै रहन्छौं’, फेसबुकमा उनले भनेका छन्।

सचिवालयभित्र अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेल गौतमलाई उपचुनावमार्फत सांसद बनाउने पक्षमा छन् । दाहाल गौतमलाई नचिढाउन मात्रै उनको पक्षमा उभिएको स्रोत बताउँछ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता ईश्वर पोखरेल भने विपक्षमा छन् । पोखरेलले सामाजिक सञ्जालमै सांकेतिक विरोध जनाएका छन् । श्रेष्ठ भने बोलिसकेका छैनन् । रामबहादुर थापा पक्षरविपक्ष नदेखिने मनस्थितिमा छन् । वरिष्ठ नेता माधव नेपाल पार्टीले निर्णय गरे गौतमलाई असहयोग गर्ने पक्षमा छैनन् । वरिष्ठ नेता झलनाथ खनाल केही बोलेका छैनन् । मानन्धरको स्वीकृतिपत्र ‘सरप्राइज’का रूपमा आएको भन्दै नेकपाभित्रको पूर्वएमाले समूह सशंकित देखिएको छ ।

स्थायी समिति सदस्य भीम रावल खुलेर विपक्षमा देखिएका छन्। उनले पार्टी जीवनमा दीर्घकालीन महत् राख्ने निर्णयमा आन्तरिक छलफल हुनुपर्नेमा निहित स्वार्थमा प्रस्ताव आएको भन्दै असन्तुष्टि जनाएका छन् । अध्यक्ष दाहालले भने पार्टीभित्र छलफल बाँकी रहेको बताए । सचिवालय सदस्य पोखरेलले फेसबुकबाटै सांकेतिक असन्तुष्टि व्यक्त गरेका छन् ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

भ्रष्टाचार अभियोगमा सहन्यायाधिवक्ता पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस रकमसहित पक्राउ गरेको छ । अभियुक्त थापाले सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई रु पाँच लाख घुस लिइरहेको अवस्थामा आयोगको टोलीले बुधबार निजकै कार्यकक्षबाट पक्राउ गरेको हो ।

थापा समातिँदा अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे नयाँ निर्माण हुन् थालेको अख्तियार भवन शिलान्याशका क्रममा पोखरामै थिए । मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई पनि घुस रकम रु ५० हजारसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

गलत रिपोर्ट दिने दुई डाक्टरलाई बिरामी जाँचमा रोक
नेपाल मेडिकल काउन्सिलले गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही गरेको छ । काउन्सिलले जनकपुर अञ्चल अस्पतालका डा.रम्भा गोइत र डा.विजयकुमार सिंहलाई अर्को निर्णय नभएसम्मका लागि व्यावसायिक प्रमाणपत्र निलम्बनसँगै बिरामी जाँचमा रोक लगाएको छ ।

डाक्टरद्वय गोइत र सिंहले बलात्कारपीडित बालिकाको शारीरिक जाँच गर्दा न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहारविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै व्यावसायिक प्रमाणपत्र निलम्बन गरी चिकित्सकीय गतिविधिबाट बञ्चित गराएको काउन्सिलले जनाएको छ । ती दुवै चिकित्सकले बिरामी जाँच्ने काम गरे नयाँ मुलुकी संहिताको फौजदारी कानुनअनुसार कारबाही हुन सक्ने छ ।

नेताहरुको चेतावनी पछि कांग्रेस बैठक अनिश्चितकालका लागि स्थगित
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कांग्रेसले पार्टीको विधान र भातृ संगठन नेविसंघको विधानबारे छलफल गर्न असोज २५ गते बैठक बोलाएको थियो । तर, अधिकांश नेताहरुले बैठक बहिस्कार गर्ने  चेतावनी दिएपछि बैठक अनिश्चितककालका लागि स्थगित भएको हो ।

यद्यपी कांग्रेसले औपचारिक रुपमा बैठक स्थगित गरेको घोषणा भने गरिसकेको छैन । यसअघि आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भातृ संस्था नेविसंघको विधानमा ३२ वर्षे हदम्याद कायम गर्ने निर्णय पारित गरेपछि पार्टीका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र कृष्ण सिटौलाले निर्णयमा असहमति जनाउदै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

दुई पानी उद्योगको उत्पादन बन्द 
मापदण्डविपरीत उत्पादन र बिक्रीवितरण गर्ने बाँकेका दुई पानी उद्योगलाई बन्द गरिएको छ । बाँके जानकी गाउँपालिका–३ करमोहनास्थित जेएमसी वाटर उद्योग र हिमालयन ड्रिङकिङ वाटर एण्ड वेभरेजको उत्पादन बन्द गरिएको संयुक्त बजार अनुगमन टोलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।

संसदीय समितिको निर्देशन 
संसदीय समितिले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले तोकिएकै समयमा गुणस्तरीय काम नगर्ने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिइन् । सिंहदरबारमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले क्षमता नभएका कम्पनीलाई निर्माणको कामको जिम्मा नदिन पनि सरकारलाई सचेत गराइन् ।

एएफसी यु–१९ छनोट प्रतियोगिता 
एएफसी उन्नाइस वर्षमुनि (यू–१९) छनोट प्रतियोगिताको लागि नेपाली महिला फुटबल टोली थाइल्याण्ड जाने भएको छ । आगामी कात्तिक ७ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ ।

नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक ७ गते आयोजक थाइल्याण्डसँग खेल्दै छनोट प्रतियोगताको उद्घाटन गर्नेछ । त्यस्तै नेपालले दोस्रो खेल कात्तिक ९ गते भारतसँग खेल्नेछ भने समूहचरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग भिड्नेछ । पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रोचरणमा प्रवेश गर्नेछन् । नेपाली टोली कात्तिक ३ गते थाइल्याण्ड जानेछ ।

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...