खुकुरी प्रहारबाट चिचिला गाउँपालिकाका गुरुङ गम्भीर घाइते
Friday Oct 29, 2021
वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १९:३५
खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा चिचिला गाउँपालिका २ दिदिङका ५० वर्षीय दुर्गाबहादुर गुरुङ रहेका छन् ।
बिहीबार साँझ ७ बजेतिर सामान्य विवाद हुँदा सोही ठाउँका ३० वर्षीय दिनेश राईले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट गुरुङको टाउको,आँखा र शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
गम्भीर घाइते गुरुङको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन सकेपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको छ । खुकुरी प्रहार गर्ने राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै प्रहरी निरिक्षको कमान्डमा प्रहरीको टोली घटनास्थल पुगेको छ ।
























