CG Electronics
IME Life
Ncell NPL

नेपालले जित्यो एसिया छनोट ‘बी’को उपाधि

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

टी-२० विश्वकप क्रिकेटको एसिया छनोट बीको उपाधि नेपालले जितेको छ ।

सात टोली सम्मिलित प्रतियोगिता अन्तर्गत सिंगापुरविरुद्धको अन्तिम तथा निर्णायक खेल वर्षाका कारण रद्ध भएपछि रनरेटका आधारमा नेपाल च्याम्पियन बनेको हो । आफूले खेलेका पाँच खेल जितेको नेपालको नेट रनरेट ७.७८२ रहेको छ भने पाँचै खेल जितेको सिंगापुरको नेट रनरेट ४.७७२ रहेको छ ।

नेपाल र सिंगापुर दुवै टोली यसअघि पाँच खेलसम्म अपराजित थिए । यस प्रतियोगिताबाट नेपाल, सिंगापुर र मलेसिया टी–२० विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् ।

अब एसिया उपक्षेत्रीय छनोट ए अन्तर्गतका तीन टोलीहरु यूएई। कुवेत र कतारसहित ६ टोलीबीच एसिया छनोट अन्तर्गत प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर ८१ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रन बनाएका थिए । अन्य खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ४ विकेट हात लिए । उनले ३ दशमलब ३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । यस्तै सोमपाल कामी र करण केसीले २–२ तथा बसन्त रेग्मी र ललित राजवंशीले १–१ विकेट लिए ।

जवाफमा ब्याटिङ थालेको नेपालले २ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा वर्षाका कारण खेल रोकियो । त्यसपछि खेल हुन सकेन र रद्ध गरियो ।

प्रतियोगितामा नेपालले म्यानमार, मलेसिया, थाइल्याण्ड, चीन र भुटानविरुद्ध सहज जित निकालेको थियो भने सिंगापुरले पनि सबै प्रतिद्वन्द्वीलाई हराएको थियो ।

प्रतियोगितामा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले २४ विकेट लिए । जुन, कुनै पनि नेपाली बलरले एकै प्रतियोगितामा लिएको सर्वाधिक विकेट हो । यसअघि प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड बसन्त रेग्मी र विनोद दासको नाममा थियो । रेग्मीले सन् २०१२ को डिभिजन–४ प्रतियोगितामा तथा विनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा २१-२१ विकेट लिएका थिए ।

सन्दीपले पहिलो खेलमा म्यानमारविरुद्ध ४, दोस्रो र तेस्रो खेलमा मलेसिया र थाइल्याण्डविरुद्ध ५–५ तथा चौथो र पाँचौँ खेलमा भुटान र चीनविरुद्ध ३–३ विकेट लिएका थिए ।

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...