CG Electronics
IME Life
NIMB

एनएमबी बैङ्कद्वारा नेपाली बैंकिङ क्षेत्रमा नै पहिलो पटक भिडियो केवाईसी (भिकेवाईसी) सञ्चालन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । बैंकको खाता खोल्न सहजीकरण गर्दै एनएमबी बैंक लि।ले नेपाली बैंकिङ क्षेत्रमा नै पहिलो पटक भिडियो केवाईसी (भिकेवाईसी) सञ्चालनमा ल्याएको छ । भिकेवाईसी मार्फत स्वदेश तथा विदेशमा रहेका ग्राहकहरूले सजिलै भिडियो कलमार्फत ५ मिनेटमा नै खाता खोल्न सक्ने एनएमबी बैंकले पत्रकार सम्मेलन गरि जनाएको छ।

बानेश्वरस्थित द एभरेस्ट होटेलमा भिकेवाईसीको घोषणा गर्दै बैंकले एनएमबी बैंकको ब्रान्ड एम्बेस्डरमा अभिनेता तथा समाजसेवी पल शाहलाई नियुक्ति समेत गरेको बताएको छ।
कार्यक्रममा शाहले एनएमबी बैंकसँग सहकार्य गरेर काम गर्न पाउँदा खुसी व्यक्त गर्दै उनले बैंकको उत्तरोत्तर प्रगतिको कामना गरेकि थिइन्।

कार्यक्रममा एनएमबी बैंकका सिइओ सुनिल केसीले भने ‘अहिले जस्तो बजारमा तरलता संकट हुँदा भिकेवाईसीले संकट न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ। अहिले हाम्रो बैंकिंग प्रणालीमा तरलता संकट भइरहेको छ।

आयात बढ्दो छ, सरकारी खर्च हुन सकेको छैन,कम भएको छ। साथै रेमिटेन्स पनि कम आइरहेको छ। सरकारले आन्तरिक खर्च वा निक्षेपमा ब्याज वृद्धि गर्दैमा समस्याको समाधान हुँदैन। त्यसैले हामीले कुनै न कुनै तरिकाबाट विदेशबाट पैसा ल्याउने काम गर्न अत्यावश्यक छ। जसका लागि भिकेवाईसीले ठूलो भूमिका निर्वाह गर्छ। अहिले झन्डै ६०र६५ लाख नेपालीहरू विदेशमा छन् । विदेश जानेहरूको संख्या बढ्दो छ। तर रेमिटेन्स भने घट्दो छ ।

जुन बैंकिंग च्यानलबाट नेपालमा पैसा आउनु पर्ने हो त्यो आएको छैन। भिकेवाईसी मार्फत खाता खोल्न सहजीकरण गरेसँगै नेपालमा विदेश रहेका नेपालीहरूले ढुक्क साथ पैसा पठाउँछन्। जसका कारण बेला९बेलामा हुने तरलता संकटको पनि समाधान हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं।’

भिकेवाईसी एउटा प्रडक्ट मात्र नभएर अभियान रहेको केसीले बताएका छन। नेपालमा पैसा पठाउँदा सुरक्षा नदेख्दा झन्डै एकतिहाई पैसा विदेशमा नै रहन्छ। उक्त पैसा गोल्ड, क्रिप्टो लगायत अन्य स्पेकुलेटिभ क्षेत्रमा प्रयोग हुने सुनिन्छ।

यो समग्र बैंकिंग क्षेत्रको नै चुनौती भएकाले भिकेवाईसी यस चुनौतीको समाधान हुने सिइओ केसीले बताए। केसीले नेपाली चलचित्र क्षेत्रका लोकप्रिय कलाकार साथै समाजसेवी पल शाह सहकार्य गर्न पाउँदा गर्वानुभूति भएको पनि बताएका थिए।

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...