CG Electronics
IME Life
Ncell NPL

इन्काउन्टर गर्न गएको पुलिसको पेस्तोल नपड्केपछि…

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

अपराधिक समूहमाथि इन्काउन्टर गर्न गएको प्रहरी टोलीको पेस्तोल नै नपड्किएपछि आपत् आइलागेको छ । भारतको उत्तर प्रदेश राज्यस्थित सम्भलमा शुक्रवार पुलिसले एक अपराधिक समूहका सदस्यमाथि इन्काउन्टरको तयारी गरेको थियो ।

अपराधिक समूहका ती सदस्यमाथि इन्काउन्टरका क्रममा पुलिसले प्रयोग गर्ने पेस्तोल नै नपड्किएपछि आपत् आइ लागेको हो । त्यसपछि प्रहरीका एक अधिकृतले मुखैबाट पेस्तोलको ठ्याङ ठ्याङ आवाज निकालेर अपराधिक समूहका सदस्यलाई तर्साउन थाले ।

यस घटनाको भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ। यस भिडियोलाई लिएर पुलिसको हाँसी मजाक गर्न थालिएको छ। जानकारी अनुसार असमोली ठानाका पुलिस मध्यराति सवारीसाधनको चेकिङमा व्यस्त थियो । त्यही क्रममा केही मानिस पुलिसको बार तोड्दै अघि बढे ।

पुलिसले उनीहरुलाई पक्रन खोजेपछि उल्टै अपराधिक समूहका सदस्यले गोली चलाए । अपराधिक समूहका सदस्यलाई चुनौती दिँदै जब पुलिसले गोली चलाउन खोज्यो तब पेस्तोल नै चलेन । त्यसक्रममा प्रहरी अधिकारीको पेस्तोलले धोका दियो । कयौँ कोशिश गर्दा पनि गोली नै चलेन ।

त्यसक्रममा पुलिसले एकजनालाई पक्राउ गर्न सफल भयो । आरोपीमाथि हत्या र लुटसहितका मुद्दा चलाइयो । तर घटनाका क्रममा अन्य भने भाग्न सफल भए । पुलिसका अनुसार आरोपीबाट एक पेस्तो र विस्फोट नभएको कार्तोस बरामद भएको छ। त्यस क्रममा अपराधिक समूहको गोली लागेर एक प्रहरी उल्टै घाइते भए ।

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...