CG Electronics
IME Life
Ncell NPL

गोरेका लागि दुवईबाट सुन पठाउने बेनु श्रेष्ठलाई नेपाल ल्याइयो

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं  । ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा दुवइमा पक्राउ परेका बेनु श्रेष्ठलाई नेपाल ल्याइएको छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को रेड नोटिसका आधारमा संयुक्त अरब इमिरेटस् (युएई) प्रहरीले गएको साउनमा पक्राउ गरेका बेनुलाई आइतबार काठमाडौं ल्याइएको हो ।

 

उनलाई लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली सोमबार काठमाडौं आउँदै छ । मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले बेनुलाई सोमबार काठमाडौं ल्याउन टोली पठाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

 

काठमाडौंको न्यूरोडस्थित सुन पसलका सञ्चालक रहेका बेनुले नै सनम शाक्य हत्याका मुख्य अभियुक्त टेकराज मल्ललाई तस्करीमा प्रयोग गरेका थिए । बेनुको पसलमा काम गर्ने मल्ललाई उनले नै सुन भरियाका रुपमा प्रयोग गर्न गोरेको जिम्मा लगाएको अनुसन्धानबाट खुलेको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर हुने सुन तस्करीमा लामो समयदेखि सक्रिय रहेका बेनु दुबईमा लुकेर बसेको अवस्थामा पक्राउ परेका थिए । उनले हुण्डीमार्फत् नेपालबाट जाने रकम दुबईमा संकलन गर्थे । उनले नै भरियामार्फत् सुन नेपाल पठाउँदै आएका थिए ।

 

दुबईमै पक्राउ परेका श्रेष्ठका व्यावसायिक साझेदार तथा चूँडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेतीलाई पनि नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । चूँडामणि उप्रेती ‘गोरे’ सहित १३ जनाविरुद्ध इन्टरपोलले वारेन्ट नोटिस जारी गरेको थियो ।

 

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...