CG Electronics
IME Life
NIMB

युवा लक्षित कार्यक्रमलाई जोड दिन्छौं : भट्टराई

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

धनबहादुर मगर
काठमाडौं । ‘‘कफी किसानलाई संरक्षण र प्रोत्साहन, व्यवसायिक कफी उत्पादनमा युवाको योगदान’’ मूल नाराकासाथ राष्ट्रिय चिया तथा कफी विकास बोर्डको १७ औं राष्ट्रिय कफी दिवस मनाउने भएको छ ।

कफी दिवसको अवसरमा कफी विकास बोर्डले एक विज्ञाप्ति प्रकाशित गरि पत्रकार सम्मेलनमा गरि बताइएको हो ।
बोर्डका निर्देशक डा.विष्णुप्रसाद भट्टराईले मात्रात्मक रुपमा थोरै उत्पादन भएपनि कफीले आर्थिक रुपमा राम्रो योगदान गरेको बताए । नेपाली कफीले गुणस्रतको सवालमा नेपाललाई चिनाउन सफल भएको बताए । स्पेशशियालिटी कफीको रुपमा नाम कमाई सकेको नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ । एक दशक अघि कुलिन वर्गको मात्र पेय पदार्थको रुपमा लिइने कफी आज हरेकको भान्साको शोभा बनिसकेको छ । शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा पनि व्यापक वृद्धि भएको छ । तर माग अनुसार उत्पादन नहुँदा विगत केही वर्षदेखि कफीलाई आयत गर्नु परेको बताए गतवर्ष भने आयात कम भई निर्यातमा केही बढेर बजारको आशा विस्तार हुनेमा विश्वास पलाएको छ, भट्टराईले भने ।

आव वर्ष २०७६÷०७७ नोभेम्वर ७ नेपालमा २९६.५ मेट्रिक टन ग्रीन वीन कफी उत्पादन भएको थियो । भन्सार विभागको आव २०७६÷०७७ को तथ्याङ्क अनुसार ११ करोड ८८ लाख बराबरको २६६ मेटिक टन कफी नेपालमा आयत हुँदा ५ करोड ६७ लाख बराबरको ११८.७६ मेटिक टन कफी आयत हुँदा ४६.८९ मेट्रिट टन, मात्रै कफी निर्यात भएको जनाएको छ । ९ करोड ६० लाख बराबरको ७२.४८ मेट्रिक टन कफी विदेश निर्यात भएको छ । कूल उत्पादनको झण्डै २५ प्रतिशत कफी विदेश निर्यात हुँदै आएको छ । नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । देशभित्रै पनि कफीको माग बढ्दै गैरहेकोले आन्तरिक माग पूर्तिका लागि पनि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्नु पर्ने देखिन्छ ।

कफी किसानहरुलाई संरक्षण र प्रोत्साहन गर्दै कफी क्षेत्रमा युवा पुस्ताहरुलाई आकर्षण गरी सिमित क्षेत्रमा गरिदै आएको कफी खेतीलाई कफी स्टेटमा रुपान्तरण गर्न सकेमा मात्रै व्यवसायिक उत्पादन र आत्मनिर्भर बन्न सकिने तथ्यलाई बोर्डले प्र्रमुखताकासाथ अगाडि बढाएको छ ।

१७ औं राष्ट्रिय कफी दिवस मनाइरहँदा कफी क्षेत्रमा व्यापक रुपान्तरणको लागि संरक्षण र प्रवद्र्धनका कार्यक्रम प्रमुखकासाथ कार्यक्रमहरु मार्फत ठूला व्यवसायिक फर्महरु स्थापनाका लागि लगानीकर्ताहरुलाई आकर्षित गर्न जरुरी देखिन्छ । न्यून् स्रोत साधनको बाबुजत पनि व्यवसायिक कफी खेती उत्पादन बढाउन बोर्डले प्रमुखताको साथ युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ भने केही जिल्ला, प्रदेशमा युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको छ भने केही जिल्ला प्रदेश र स्थानीय सरकारसँग पनि योजनावद्ध समन्वयात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । जुन आगामी दिनमा अझै बढाएर लगिने छ ।

गत वर्षदेखि बोर्डले व्यवसायिक उत्पादनको लागि सम्भावित प्रदेशहरुमा सम्भाव्यता अध्ययन गरि चक्लावन्दीमा कफी क्षेत्र विस्तार गर्न स्थानीय क्षेत्र भित्र व्यवसायिक नर्सरी विरुवा उत्पादन तथा नार्कसँग समन्वयमा अनुसन्धनात्मक प्रविधिको विकास कार्यक्रमलाई प्रमुखताका साथ अगाडि बढाएको छ ।

खासगरी बोर्डले तिनै तहका सरकारको बिचमा एकीकृत कार्यक्रमको अवधारणा अगाडि बढाउँदै उत्पादनमा केन्द्रीत कार्यक्रमको सञ्चालन गर्न स्थानीय सरकारलाई प्राविधिक सहयोग उपलब्ध गराउने छ ।

व्यवसायिक फर्महरु विस्तार, साना तथा मझौला प्रशोधन उद्योग स्थापना तथा प्रवद्र्धन कार्यहरु प्रदेश सरकारबाट कार्यक्रमहरु सञ्चालन गर्ने र ठूलो प्रशोधन उद्योग स्थापना, गुणस्तर कार्यक्रमलाई प्र्रमुखताको साथ अगाडि बढाएको छ ।

खासगरी बोर्डले तिनै तहको सरकारको बिचमा एकीकृत कार्यक्रमको अवधारण अगाडि बढाउँदै उत्पादन गर्न केन्द्रीय कार्यक्रम सञ्चालन गर्न उत्पादन केन्द्रीत कार्यक्रमहरु सञ्चालन गर्न स्थानीय सरकारलाई प्राविधिक सहयोग उपलब्ध गराउने व्यवसायिक फर्महरु विस्तार साना तथा मझौला प्रशोधन उद्योग स्थापना तथा प्रवद्र्धन तथा नीतिगत कार्यक्रम गर्न बोर्ड लगायत संघीय सरकारको भूमिका रहने गरि समन्वयत्मक कार्यक्रमहरु अगाडि बढाउने छ ।

ठूला प्रशोधन उद्योग स्थापना, गुणस्तर व्यवस्थापन, बजारीकरण तथा नीति कार्यक्रमहरु बोर्ड लगायत संघीय सरकारको भूमिका रहने गरि समन्वयत्मक कार्यक्रमहरु अगाडि बढाउन बोर्डले जोड दिँदै आएको छ ।

गत वर्षदेखि बोेर्डले नीतिहरुलाई कफी मूल्य श्रृँखलामा काम गर्ने सबै व्यक्ति तथा संघ–संस्थाहरुको भूमिका स्पष्ट हुनेगरि समयसापेक्ष सुधार गर्न संशोधन प्रकृया अगाडि बढाएको छ भने कफी सँस्कृतिको विकास गरि आन्तरिक खपत बढाउन उद्देश्याले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको समन्वयमा नेपाली कफीको प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रदेश नं. २ मा बाहेक ३ लाख ५० हजार ३ सय हेक्टर क्षेत्रफलमा कफी लगाएको र ३ लाख १४ हजार ५ सय मेट्रिक टन कफी उत्पादन, ३ लाख १३ हजार ४ सय, किसानहरु संलग्न भएको जनाएको वितरित प्रेस नोटमा जनाएको छ ।
फ्रेस चेरी ए, प्रति केजी रु.९०, फ्रेस चेरी बी, ८०, पार्चमेन्ट ए, ४५०, पार्चमेन्ट बी, ३९७, ड्राई चेरी ए, १९८, डाई चेरी बी, ९५ कायम गरिएको छ भने किसानको लागि २० प्रतिशत मुनाफा कायम गरिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा निर्देशक डा.विष्णुप्रसाद भट्टराइले कफीलाई युवा स्वरोजगारको रुपमा चिनाउने र ओझेलमा परेको कफीलाई आर्थिक वृद्धि विश्वास लिएको बताए ।

भट्टराईले कोभिडको बेलामा विश्वमा आर्थिक संकट भईरहेको बेला ९ करोडको कफी निर्यात गरेको जनाए । आव ०७७÷०७८मा नेपाली कफीलाई विस्तार गर्न २ नं. प्रदेश बाहेक ६ वटै प्रदेशमा विस्तार गर्न सम्भावना रहेको बताए । कफीलाई विस्तार र विकास नगरेसम्म कृषि उत्पादन सम्भव नहुने पनि बताए ।

प्रत्येक वर्षको कफीको मूल्य निधारण गर्ने चलन रहेको बताउँदै यसै वर्षको आवमा पनि सरोकारवालाहरुको सहमतीमा २० प्रतिशत मुनाफा कायम गरेको बताए । नेपालको कफी अन्तर्राष्ट्रिय बजारमा सम्भावना बोकेको भट्टराइले बताए । भौगोलिक अवस्थाको हिसाबले नेपालको कफी उच्च गुणस्तरको मूल्य र नेपाली कफीको माग बढेको हो ।

सार्थै भट्टराईले नेपालको सबभन्दा ठूलो समस्या, उत्पादन गर्नेले उचित मूल्य पाउँदैन । भ्यालु चेन एक्टरहरुले इमान्दारितापूर्वक काम गर्दै म्यानुफ्याक्चरिङ्ग कष्ट कटाएर किसानहरुलाई उचित मुल्या हुनु पर्ने बताए । उत्पादन किसान र उपभोक्ता सँधै पिल्सिने, यहाँनिर धमिलो पानीमा माछा मार्ने काम भईरहेको छ । उद्योग र वाणिज्यले हिट गर्नुपर्छ ।

आफ्नो देशमा कफी उत्पादन भएपनि अपुग भएर भारतबाट ल्याउनु परेको छ । अब नेपाली जिव्रो अनुसार नेपालका कफीलाई प्रशोधन गरि बजारमा ल्याउने छ । कम्तीमा पनि यसै वर्ष २ वटा प्रदेशमा २ वटा प्रशोधन उद्योग स्थापना गरिनु पर्छ । नेपाली कफी निर्यातको सम्भावना, उक्तिकै छ भने नेपालमै खपट गराउन सक्ने सम्भावना पनि त्यतिकै छ । साथै कफीलाई देश अनुसारको छुट्याउनु पर्ने बताउँदै आइडेन्टिफाई गरेर बेच्नु पर्छ मिसावट हुनु हुदैन ।

बोर्डले प्रत्येक वर्ष मंसीर १ गतेलाई राष्ट्रिय कफी दिवसको रुपमा मनाउँदै आएको छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...