नेपाल बैंकको लुम्बिनी प्रदेशमा डिजिटल बैंकिङ साक्षरता अभियान सम्पन्न
Thursday Dec 16, 2021
वि.सं.२०७८ पुस १ बिहीवार २२:००
नेपाल बैंकले मंगलबार लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा एकै साथ डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
डिजिटल बैकिङका प्रविधिहरुमा विद्यार्थीलाई अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिबृद्धि गराउने उद्देश्यले लुम्बिनी प्रदेशका सबै १२ जिल्लाका ३३ शाखाहरुमार्फत उक्त कार्यक्रमहरु संचालन गरेको छ ।
कार्यक्रममा ३ हजार भन्दा बढी विद्यार्थीलई वित्तीय साक्षरता सम्बन्धी ज्ञानमुलक जानकारी, नेपाल बैंकले लागु गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बैंकिङ्, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङ्ग विविध आयामहरुको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सम्वन्धित शाखा प्रबन्धक र अन्य पदाधिकारीहरुले प्रष्ट पारेका थिए ।
रुपन्देहीको बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, राममणि बहुमुखी क्याम्पस र पर्रोहा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख, बैंकका प्रदेश प्रमुख र शाखा प्रबन्धकको उपस्थिती रहेको थियो भने अन्य जिल्लाका विभिन्न कार्यक्रमहरुमा सम्वन्धित क्याम्पस प्रमुख र शाखा प्रबन्धकको उपस्थिती रहेको थियो ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले नेपाल बैंकले विद्यार्थीहरुको हीतलाई ध्यानमा राखेर विभिन्न अफर सहितका आधुनिक सेवा सुविधा ल्याईरहेकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने बताएका थिए ।
बैंकले हाल ७२ जिल्लाका २१३ शाखाहरु १५० एटिएम, र ४७ एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बैंकिङ् सेवा पुर्याईरहेको छ ।























