CG Electronics
IME Life
NIMB

बुद्ध एयरको जहाजले जमिन छोड्ने वित्तिकै बायाँ इन्जिन धुवाको मुस्लोसहित विस्फोट

NIMB
Himalayan Bank

काठमाडौं । बिहिवार अपरान्ह १ः१६ बजे चितवनको भरतपुरस्थित विमानस्थलबाट काठमाडौंको लागि उडान भरेकोे बुद्ध एयरको एन–एएई कलसाईन भएको बिचक्र्याफ्ट जहाजका पाइलटले अपरान्ह १ः१८ मा भरतपुरस्थित कन्ट्रोलमा ‘मेडे १ मेडे १ भन्दै कराए । टावरमा ‘मेडे’ भन्ने शब्द सुन्ने वित्तिकै भरतपुर विमानस्थलमा एयर ट्राफिकको तर्फबाट बुद्ध एयरको चालकसँग अवतरणको लागि गर्नुपर्ने सहयोगबारे सोधियो । क्याप्टेनले जहाजको बायाँ इन्जिन फेल भएको र आफू जतिसक्दो छिटो अवतरण गर्न चाहेको जानकारी दिए ।

तत्कालै एयर ट्राफिकले दमकललाई तयारी अवस्थामा रहन र सुरक्षाकर्मीहरुलाई तत्तयार रहन एलर्ट जारी गरियो । जहाज आकाशमै धुवाको मुस्लोसहित उडिरहेको थियो । सुरुमा क्याप्टेनले दुई वटा इन्जिन हुन्छ सकेसम्म एउटा इन्जिनको सहायताले काठमाडौं पुर्याउँछौं भन्दै यात्रुहरुलाई सम्झाउन खोजेका थिए । तर, जहाजले उचाई लिनै नसकेको अवस्था र यात्रुहरुको चर्को विरोधपछि आपतलिन अवतरणको निर्णय लिन चालक दल बाध्य भएको पीडित यात्रुले जनाएका छन् ।

जहाजमा १९ जना यात्रु थिए । जहाजमा यात्रारत एक यात्रुका अनुसार जहाजको बायाँतर्फको इन्जिन विस्फोट भएको ठूलो आवाज आयो, धुवाको मुस्लो निस्किएको थियो । जहाजभित्र खैलाबैला मच्चियो । जहाजभित्र धुवा पनि भरिन थालेको थियो । अधिकांश यात्रुहरुले बाचिने आशा मारिसकेका थिए । बाच्ने आशा मारेका उनीहरुले भगवान पुकार्दै थिए । चालकले समयमै सही निर्णय गरेका कारण करिब १० मिनेटपछि जहाज सकुशल भरतपुरस्थित विमानस्थलमै अवतरण गर्न सफल भएको छ ।
तत्कालै सुरक्षाकर्मीले यात्रुलाई ओरालेर जहाज खाली गराएका थिए । धावनमार्गमा रोकिएको जहाजका कारण बिहिवार अपरान्ह भरतपुर विमानस्थल अबरुद्ध हुन पुगेको थियो । पछि सुरक्षाकर्मीहरुले तानेर जहाजलार्ई किनारा लगाएपछि मात्रै विमानस्थल खुल्ला भएको हो । बुद्ध एयरले सो जहाजका यात्रुहरुलाई करिब दुई घण्टापछि अर्को जहाजमा काठमाडौं पठाएको छ ।

जहाजको कमाण्ड गरिरहेका क्याप्टेनकोे कुशलता र एयर ट्राफिक कन्ट्रोलरको सुझबुझपूर्ण तयारीका कारण नेपाल आकाशमा आज अर्को एउटा दुर्घटना टरेको छ । बुद्ध एयरको २४ वर्ष पुरानो जहाज भरतपुरबाट काठमाडौं आउन उडान भरे लगत्तै भएको घटनामा बाल बाल बचेको छ । सन् १९९७ मा बुद्ध एयरले हवाई उडान सुरु गरेको ऐतिहासिक जहाज मात्रै बचेको छैन १९ यात्रु र ३ चालक दलका सदस्यको जीवन र अर्बौ रुपैयाँको सम्पत्ति समेत जोखिएको छ । सम्भावित दुर्घटना टरेपछि बीमा कम्पनीहरुको करोडौं रुपैयाँको जोखिम समेत आजका लागि टरेको छ । जहाज दुर्घटनामा यात्रुको बीमा तथा जहाज समेत गर्दा करोडौं रुपैयाँको बीमा गरिएको हुन्छ ।

इन्जिनमा विस्फोट भएर आगो लागेको बुद्ध एयरको जहाज पुनः उडाउनको लागि नागरिक उड्डयन प्राधिकरण र वायुसेवा कम्पनीका प्राविधिक टोलीले उक्त जहाजको निरीक्षण सुरु गरिसकेको जनाइएको छ ।

उक्त जहाज २४ वर्ष पुरानो भएको पत्ता लागेको छ । ट्वीन इन्जिन टर्पोप्रोप फिक्सड विङ्स भएको जहाजको बुद्ध एयरको लापरवाहीका कारण दुर्घटनामा परेको यात्रुहरुले आरोप लगाएका छन् । यात्रुहरुले इन्जिनमा आगो लागेको जहाजलाई जबरजस्ती काठमाडौं लैजान खोजेर यात्रुहरुको ज्यान जोखिममा राखेको आरोप समेत लगाएका छन् । बिहिवार दुर्घटनामा परेको जहाजबाट उत्रिएका यात्रुहरुले बुद्ध एयरका चर्को विरोध गरेका थिए ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...