CG Electronics
IME Life
NIMB

आईएमई लाइफका बीमितले ७० रुपैयाँसम्म बोनस पाउने

NIMB
Himalayan Bank

 

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले अधिकतम ७० रुपैयाँ बोनस पाउने भएका छन् । आर्थिक वर्ष २०७६र७७ को नयाँ बोनसदर घोषणा गर्दै इन्स्योरेन्सले बीमितलाई प्रतिहजार अधिकतम ७० रुपैयाँ (प्रतिहजार) बोनस गर्ने भएको हो ।

उक्त नयाँ बोनसदर अनुसार कम्पनीका बीमितले प्रतिहजार न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् । इन्स्योरेन्सले विभिन्न ४ वटा बीमालेखका विभिन्न अविधिका बीमितलाई सो मात्राको बोनसदर वितरण गर्ने भएको हो ।

इन्स्योरेन्सले सावधिक जीवन बीमालेखका बीमितिलाई न्यूनतम ३० देखि अधिकतम ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । जसमा १४ वर्षसम्म अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४८ र २५ वा सोभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर तोकिएको छ ।

त्यस्तै, सावधिक तथा अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा पनि न्यूनतम ३० देखि अधिकतम ७० रुपैयाँ निर्धारण गरिएको छ । जसमा ९ वर्षसम्म अर्थात १४ वर्ष अवधिसम्मकाले बराबर अर्थात ३० रुपैयाँ, १५ देखि १९ सम्मकाले ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मकाले ४८ र २५ वा सो भन्दा माथिकाले ७० रुपैयाँ बोनसदर पाउने छन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा पनि न्यूनतम ३० र अधिकतम ७० रुपैयाँ तोकिएको छ । जसमा ९ वर्षसम्मको अवधिकाले पाउने छैनन् भने त्यसमाथिकाले मात्रै पाउने छन् । १० देखि १४ वर्षको अवधिकाले प्रतिहजार ३०, १५ देखि १९ वर्ष अवधिकाले ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिकाले ४८ रुपैयाँ र सो भन्दा माथिको बीमा अवधिको लागि ७० रुपैयाँ बोनसदर तोकिएको छ ।

यता वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) बीमालेखका बीमितले सबैभन्दा कम अर्थात प्रतिहजार २० रुपैयाँ बोनसदर पाउने भएका छन् । जुन सबै बीमा अवधिकाले बराबर पाउने भएका हुन् ।

नियामक निकाय बीमा समितिले कम्पनीको आर्थिक वर्ष २०७६र२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन स्वीकृत गरेसँगै इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको हो । जुन, समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि कायम हुने इन्स्योरेन्सले जनाएको छ ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...