क्रिप्टोकरेन्सी व्यवसाय गैरकानूनी कोरोबार नगर्नु : नेपाल बैंकर्स संघ
Wednesday Jan 26, 2022
वि.सं.२०७८ माघ १२ बुधवार १२:१३
नेपाल बैंकर्स संघले क्रिप्टोरभर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ्ग कारोबाररव्यवसाय गैरकानूनी रहेको बताएको छ ।
संघले एक सूचना प्रकाशन गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टोरभर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो भर्चुअल तथा नेटर्वक मार्केटिङ्ग लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने बताएको छ ।
त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने समेत संघले जनाएको छ ।


























