CG Electronics
IME Life
NIMB

च्याउ उत्पादक किसान संघद्वारा अवैध च्याउ आयातमा रोक लगाउन माग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

च्याउ उत्पादक किसान संघ नेपालले पछिल्लो दिनमा भारत लगाएत विभिन्न देशका बजारहरूवाट नेपाल भित्र्याउन लाग्ने लामो समयको अवधीसम्म नसढ्ने क्यामिकलहरू च्याऊमा प्रयोग गरी विषादीयुक्त वनाई अवैधरुपमा च्याउ नेपाली बजारमा पठाईरहेको भन्दै भन्सारमा कडा निगरानी गरी नियन्त्रण गर्न संघले सरकारसंग विज्ञप्ति मार्फत जोडदार माग गरेको छ ।

च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष कार्की द्वारा जारी विज्ञप्तीमा भनिएको छ कोरोना कहरका विचमा नेपाली च्याउलाई विस्तापित गर्ने हेतुले आयात भैरहेको भारतीय अवैध च्याउ विषाक्त छ।च्याऊ एक ढुसी जन्य पोषण युक्त परिकार हो। लामो समय सम्म टिकाउन ढुवानी गर्दा उत्पादित वस्तु जोगाउन गार्हो हुने हुनाले वस्तु नसक्ने क्यामिकलहरू राखेर जहाँतहीँ ढुवानी गर्ने गरिन्छ। यसो गर्दा दैनिक उपभोग्य सुपरफुड विषाक्त भै सेवन योग्य नहुने हुनाले विदेशी च्याऊ रोक्न विज्ञप्ति मार्फत सरोकारवाला सवैलाई ध्यानाकर्षण गराउँदै सरकारसंग जोडदार माग गरिएको हो ।

च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश समितिका अध्यक्ष विजय ज्ञवालीले भन्नुभयो विश्व वजारमा सवै दैनिक उपभोग्य वस्तुको मुल्य वृर्दी भैरहेको वेलामा च्याऊ आनुपातिक हिसावले वढेको छैन।हामीले घाटा फाईदाको सरोकार नरीखी अनगिन्ती कामदार कर्मचारीहरूलाई रोजगार दिएर उधोग टेकाउन चलाइरहेका छौँ ।प्रयाप्त पोषण र रोग प्रतिरोधात्मक क्षमता भएको च्याऊ हाम्रो वजारमा मुल्य गिरावटको अवस्थामा चलिरहेको छ। हामी उत्पादन गर्छौं ।हामीले उत्पादन गरेका छौ । हाम्रै फसल वजारमा छ्यापछ्याप्ती भएर उचित मूल्य नपाईरहेको वेलामा हाम्रै वजारमा परको उत्पादन आऊछ भने त्यो विषाक्त उत्पादन हामी कदापी स्वीकार्न सक्दैनौँ ।सरकारलाई निर्विरोध आउने आयातित वस्तु रोक्ने वातावरण मिलाउन सहयोग पुर्याईदिनुहुन म कर्णाली प्रदेशीको च्याऊ किसानको एक प्रतिनिधि अध्यक्ष हुनुको हैसियतले हार्दिक अनुरोध गर्दछु साथै मेरो व्यक्तिगत तर्फबाट र हाम्रो संघ तथा सम्पूर्ण च्याऊ किसानहरुको तर्फबाट जोडदार माग पनी गर्दछु ।

च्याऊ उत्पादक किसान संघ नेपालको माघ ११ गतेको निर्णय अनुसार अनाधिकृत रुपमा देश वाहिरवाट नेपाल भित्रीने च्याऊलाई निगरानी गर्न सरकारलाई हाम्रो केन्द्रीय संघको सर्कुलर नीति अनुसार ७ वटै प्रदेशका प्रदेश च्याऊ संघ तथा जिल्ला स्थित च्याऊ सघंहरूले सकरात्मक कुराको थालनी भन्दै ऐक्यबद्धता जनाईरहेका छन् ।

च्याऊ उत्पादक किसान संघ नेपालको केन्द्रीय टोलीले प्यालन्ट क्यावरेन्टाईन कार्यालय र भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ ।

च्याउ उत्पादक किसान संघ नेपालले हाल नेपाली गोलो च्याउको समर्थन मूल्य प्रतिकेजी ३०० रहेको भन्दै त्यसको आधारमा भारतीय च्याउलाई भन्सार लगाइनु पर्नेमा न्युन मुल्य राखि भन्सार नेपालमा आयात भैरहेको भन्दै जसको कारण नेपाली च्याउ उत्पापदक किसान मारामा परेको बताईएको छ ।
ज्ञापन पत्रमा च्याउको गुणस्तर प्रमाणीकरण नगरिकन भारतबाट नेपालमा च्याउ भित्र्याइएको भन्दै च्याउ ढुसीजन्य वस्तु भएकाले भारतबाट नेपाल भित्रयाउन रोक लगाउनु पर्ने उल्लेख छ ।

नेपाली किसानको कच्चा पदार्थहरुको उपयोग भइरहेकोमा परालहरु डढाएर सकिने अवस्था रहेको भन्दै देशमा बेरोजगारीको समस्या थपिने तर्फ सरकारले विशेष ख्याल गर्नुपर्ने बताईएको छ ।

भारतीय च्याउको आयात रोक्न जरुरी रहेको भन्दै च्याउ संघले नेपाली च्याउ किसानका समस्या भेरै रहेको र समस्याको एकै पटकमा समाधान गर्न नभएकोले त्यसैले हाललाई एउटा मात्र महत्वपूर्ण माग भारतीय च्याउ कुनै पनि हालतमा रोक्नु पर्ने उल्लेख गरिएको छ ।

सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानमा हामी च्याउ किसान पनि साथमा छौं । सरकारद्वारा अभिभावकत्व प्रदान गरी भारतको च्याउ नेपाल भित्रिन नदिन आवश्यक ऐन कानुन नीति निर्देशन लागु गरियोस् ।’ विज्ञप्तीमा भनिएको छ ।

 

प्रधानमन्त्रीबाट सीमा सम्बन्धी प्रमाण प्रस्तुत गरिएको होइन, आश्चर्य व्यक्त भएको हो : प्रवक्ता

प्रधानमन्त्रीबाट सीमा सम्बन्धी प्रमाण प्रस्तुत गरिएको होइन,...

वि.सं.२०८३ जेठ २० बुधवार ०६:२५

काठमाडौं । नेपाल सरकारले नेपाल–भारतबीच देखिएका सीमा विवादहरू कूटनीतिक माध्यम...

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : कर्म ल्हुङतोक ‘सुबास पाख्रिन’ समेतलाई ‘दुर्जेलोपेन’ उपाधि

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : कर्म...

वि.सं.२०८३ जेठ २० बुधवार ००:११

काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं...

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति...

वि.सं.२०८३ जेठ १९ मंगलवार २३:५१

  काठमाडौँ, १९ जेठ । काठमाडौँ विश्वविद्यालयको १०१ औँ सभा...

टियु गेटमा ट्राफिकको विशेष चेकिङ, १९ सवारी साधनका चालक कारबाहीमा

टियु गेटमा ट्राफिकको विशेष चेकिङ, १९ सवारी...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:३३

  काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष...

कर सुधारमा बजेटले ठूलो फड्को मारेको छ : अध्यक्ष अग्रवाल

कर सुधारमा बजेटले ठूलो फड्को मारेको छ...

वि.सं.२०८३ जेठ १८ सोमवार २३:०४

  काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले...

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:४८

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि...