CG Electronics
IME Life
NIMB

प्रधानमन्त्रीबाट सीमा सम्बन्धी प्रमाण प्रस्तुत गरिएको होइन, आश्चर्य व्यक्त भएको हो : प्रवक्ता

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल सरकारले नेपाल–भारतबीच देखिएका सीमा विवादहरू कूटनीतिक माध्यम र टेबल टकमार्फत समाधान गर्ने स्पष्ट अडान दोहोर्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले सीमा विवाद समाधानका लागि दुवै देशबीच पहिलेदेखि नै विभिन्न कूटनीतिक संयन्त्रहरू सक्रिय रहेको बताए ।

उनका अनुसार परराष्ट्र मन्त्रालयले सीमा सम्बन्धी विषयमा आवश्यक ब्रिफिङ गरिसकेको छ र नेपाल–भारतबीच कूटनीतिक नोट आदान–प्रदान हुँदै आएको छ । ‘सीमा विवाद समाधानका लागि गठन गरिएका संयन्त्रहरू नयाँ होइनन्, पहिले नै स्थापना भएका संरचनामार्फत काम भइरहेको छ,’उनले भने प्रवक्ताले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिबारे उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले कुनै प्रमाण प्रस्तुत गरेको नभई सीमा सम्बन्धी छलफलका क्रममा आएको प्रसंगप्रति आश्चर्य व्यक्त गरिएको स्पष्ट पारे ।

उनका अनुसार सीमा विवादका कतिपय विषयमा दुवै देशले आ–आफ्नो भूमिमा उपभोग गरिरहेको क्षेत्रबारे फरक–फरक दाबी आउने भएकाले यस्ता विषय कूटनीतिक वार्तामार्फत समाधान गर्नुपर्ने सरकारको धारणा रहेको छ। ‘दुवै देशबीच उठेका सबै सीमा सम्बन्धी विषय टेबल टकबाट समाधान गर्ने नै सरकारको नीति हो,’ उनले भने पत्रकारहरूले नेपालले भारतको सीमा मिचेको प्रमाणबारे सोधेको प्रश्नमा उनले प्रधानमन्त्रीले त्यस्तो कुनै दाबी नगरेको स्पष्ट पारे ।

संसदमा प्रधानमन्त्रीको उपस्थितिबारे सोधिएको प्रश्नमा उनले प्रधानमन्त्री आवश्यक परे पुनः सदनमा उपस्थित भई जवाफ दिन तयार रहेको जानकारी दिए । त्यसैगरी, मानव अधिकार आयोगले बुझाएको प्रतिवेदनबारे सोधिएको प्रश्नमा उनले सो प्रतिवेदन सरकारलाई औपचारिक रूपमा प्राप्त भएपछि आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए । सरकारले सीमा विवादलाई राजनीतिकभन्दा कूटनीतिक माध्यमबाट समाधान गर्ने नीति लिएको र दीर्घकालीन समाधानका लागि संवादलाई नै प्राथमिकता दिने उनको भनाइ छ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...