CG Electronics
IME Life
NIMB

अरुण काबेलीको नाफा ९ प्रतिशतले बढ्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफासँगै अन्य सूचकमा पनि आकर्षक चमक देखिएको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २० करोड २ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ९।६३ प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १८ करोड २६ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ४५ करोड ६१ लाख ६९ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ३८ करोड ८५ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर ४२ करोड १६ लाख रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३६ करोड रूपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार रुपैयाँ र जगेडा कोषमा २० करोड ६२ लाख ४१ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १११ रुपैयाँ १२ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २६।५८ गुणा रहेको छ ।

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट दिने सम्झौता

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:०९

    नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा...

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार...

वि.सं.२०८३ जेठ १९ मंगलवार २१:५९

  एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार...

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

वि.सं.२०८३ जेठ १९ मंगलवार १२:४९

  काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रालिले नेपाली बजारमा नयाँ...

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:३१

  काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा...

मोबाइल नम्बर परिवर्तन हुँदा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन राष्ट्र बैंकको आग्रह

मोबाइल नम्बर परिवर्तन हुँदा वित्तीय सेवा प्रदायकलाई...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:०९

  काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल...

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:०६

  काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...