CG Electronics
IME Life
NIMB

ओपोद्वारा ए १६ को नयाँ भेरिएन्ट सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

वैश्विकस्तरमै अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओपोले नेपालमा आफ्नो लोकप्रिय सिरिज ए—सिरिजअन्तर्गत ए १६ लाई ४ जीबी ं ६४ जीबीको नयाँ भेरिएन्टमा सार्वजनिक गरेको छ।

आकर्षक डिजाइनमा उच्च कार्य प्रदर्शनी क्षमतासहितको फोन उपलब्ध गराउने आफ्नो उद्देश्यअनुरुप ओपो ए१६को निर्माण सक्रिय जीवनशैली भएका स्टाइलिस डिजाइन मन पराउने युवालक्षित भई गरिएको छ।

लामो समयसम्म टिक्ने ५ हजार एमएएच ब्याट्री सुसज्जित ओपो ए१६मा आन्ददायी दृश्यानुभूतिका लागि ठूलो आकारको ६।५२ इन्चको एचडींआई केयर डिस्प्लेको प्रयोग गरिएको छ। यसका साथै, सहजताका साथ गुणस्तरीय तस्बिर कैद गर्न सकियोस् भन्ने सोचका साथ यसमा एआई ट्रिपल क्यामेरा पनि दिइएको छ।

‘स्टाइल र कार्य क्षमताको कुरा गर्दा ओपो ए१६मा कुनै सम्झौता गरिएको छैन । ट्रेन्डी डिजाइन सहितको यो फोनमा सक्रिय अवस्थामा अमूल्य पललाई तस्विरमा कैद गर्ने कार्यमा सहजताका लागि उच्च कोटीको ट्रिपल क्यामेरापनि दिइएको छ। यसमा प्रयोग गरिएको ५ हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सक्किने चिन्ता बिना आफ्नो दैनिकीका मज्जा लिन सघाउँछ’, ओपो नेपालका ब्रान्ड डिरेक्टर पियरसन शेनले भने।

डिजाइन

क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यू र स्पेस सिल्भर गरी तीन आकर्षक रङमा उपलब्ध गरिएको ओपो ए १६ मा उपभोक्ताका गोपनियताको सुरक्षार्थ फेसका साथै साइड फिंगरप्रिन्ट रिकग्निशन सुविधापनि दिइएको छ।

क्यामेरा

ओपो ए१६मा हरेक अवस्थामा प्रयोगकर्ताले सहजै आफ्ना अमूल्य पलहरु तस्बिर तथा भिडियोका रुपमा सहजै कैद गर्न सकुन् भन्ने तिर विशेष ध्यान दिएको छ। यसका लागि कम्पनीले फोनमा १३एमपी मेन क्यामेराका साथमा २एमपी डेप्थ ९बोके० र २एमपी माक्रो क्यामेरापनि उपलब्ध गराएको छ। स्पष्ट तथा चहकिला सेल्फीका लागि फोनमा ८एमपी क्षमता सहितधको फ्रन्ट क्यामेरापनि दिइएको छ।

ब्याट्री र रोम

ओपो ए १६ ले प्रयोगकर्तालाई ५ हजार एमएएच क्षमताको लामो समयसम्म टिक्ने ब्याट्रीका साथमा पर्याप्त सञ्चय क्षमतापनि उपलब्ध गराएको छ। यसका प्रयोग गरिएको उर्जा खपत न्यूनिकरणमा सघाउन प्रशस्त फिचर्ससहितको ठूलो ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्रीको चिन्तारहित फोन प्रयोग गर्ने अवसर प्रदान गर्छ। ब्याट्रीलाई १००५ चार्ज गरिसकेपछि ३४ घन्टाको कल टाइम वा २१।०२ घन्टा युट्युब भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ।

प्रयोगकर्ताले पर्याप्त सञ्चय क्षमताका साथ विना कुनै सम्झौता आफ्ना फाइलहरु ९तस्बिर, भिडियोलगायत० सुरक्षितरुपमा सञ्चित गर्न सकुन् भन्ने सोचका साथ ए१६को यस नयाँ भ्यारियण्टमा ४जीबी र्‍याम र ६४ जीबी रोमको ब्यवस्था गरिएको छ। यसका साथै अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा फोनमा २५६जीबी सम्मको एसडी कार्ड मार्फत सञ्चय क्षमतालाई थप विस्तार गर्ने सुविधापनि फोनमा उपलब्ध रहेको छ।

बजार उपलब्धता

नेपाली बजारमा ओपो ए १६ को नयाँ ४ जीबी ं ६४ जीबी भ्यारियण्ट माघ महिनाको २६ गतेदेखि नै उपलब्ध भइसकेको छ । मूल्य रु। २२ हजार ९९० निर्धारण गरिएको यो फोन नेपालभर रहेका ओपोका प्रमुख बिक्री केन्द्रहरुमार्फत सहजै खरिद गर्न सकिन्छ।

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...