CG Electronics
IME Life
NIMB

नमोबुद्ध-११, कुरगाउँमा २ सय ५० जना नेपाली कांग्रेसमा प्रवेश

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

(राजेन्द्र तामाङ)

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ११, कुरगाउँमा विभिन्न पार्टी परित्याग गरी २ सय ५० जना भन्दा बढीले नेपाली कांग्रेसमा प्रेवेश गरेको छ । नव प्रवेशीहरुले नेपाली कांग्रेसको सदस्यता लिएका छन् ।

वडा सभापति शंकरदेव भट्टराईले दिएको जानकारी अनुसार सोमबार आयोजित वडा पार्टी कार्यालय उद्धघाटन कार्यक्रममा एमाले, माओवादी, नेकपा (एस) लगायतका विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा कांग्रेस प्रवेश गरेका हुन ।

कांग्रेस केन्द्रीय सदस्य गणेश लामा, जिल्ला सभापति तिर्थ लामा, प्रतिनिधीसभा क्षेत्र नं १ का सभापति दिनेश लामा, नमोबुद्ध नगर सभापति कुन्साङ लामा, महासमिति सदस्य समेत रहेका भुम्लु गाउँपालिका सभापति दावा लामा, महासमिति सदस्य रोशन लामा लगायतका नेताहरुले कांग्रेसमा स्वागत गरेका थिए ।

 

कार्यक्रममा सो वडाको प्रतिनिधीत्व गर्दै १४ औं महाधिवेशनमा महासमिति सदस्य निर्वाचित रोशन लामालाई सम्मान समेत गरिएको थियो । नमोबुद्ध–११ वाट क्षेत्रीय प्रतिनिधी निर्वाचित लामा महाधिवेशन प्रतिनिधी हुँदै सर्वसम्मत रुपमा महासमिति सदस्य भएका थिए ।

कार्यक्रममा बोल्ने सम्पूर्ण वक्ताहरुले वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउन सबैले आफ्नो तहबाट काम गर्नुपर्ने बताए ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...