नेपाल पुनर्बीमा कम्पनीको संचालकमा इश्वरी प्रसाद अर्याल नियुक्त
Saturday Feb 19, 2022
वि.सं.२०७८ फागुन ७ शनिवार १५:३६
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संचालकमा इश्वरी प्रसाद अर्याललाई नियुक्त गरेको छ ।
नेपाल सरकार ९माननीय मन्त्रीस्तर०को फागुन ३ गतेको निर्णयअनुसार यसअघि कम्पनीका पूर्व संचालक रितेश कुमार शाक्य ९सहसचिव, आन्तरिक राजश्व विभाग, काठमाडौं०को स्थानमा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा, अर्थ मन्त्रालयका सहसचिव अर्याल मनोनयन भएका हुन् ।
























