CG Electronics
IME Life
NIMB

नेपालमा देखिएको गुणस्तरीय ईंट्टाको अभाव हटाउने ,नयाँ प्रविधिले ईंट्टा उत्पादन गर्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ  । दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसिएसआरले जे. बी. इको ब्रिक्स नेपालसँग नवीनतम तथा वातावारण मैत्री ईंट्टा बनाउने प्रविधि विस्तार गर्ने सम्झौता गरेको घोषणा गरेको छ । कम्पनीले यस अघि इको ब्रिक र शिव शक्ति होम डेकोरेटिभसँग यस्तै खाले सम्झौता गरेकोमा त्यसलाई निरन्तरता दिदै जे। बी। इको ब्रिक्स नेपालसँग पनि सम्झौता गरेको हो।

कृष्णमान भुजुले संचालन गरिरहेको जे. बी. इको ब्रिक्सले हाल वार्षिक ५ करोड ईंट्टा उत्पादन गर्दै आएको छ । भक्तपुर, मकवानपुर र धादिङमा रहेका ईंट्टा भट्टाबाट जे बी इको ब्रिक्सले माटो पोलेर परम्परागत प्रविधिबाट ईंट्टा उत्पादन गर्दै आएको छ ।

‘जनशक्ति र कोइला अभाव भएपछि मैले ईंट्टा उत्पादनको लागि विकल्प खोजिरहेको थिए, अध्ययनको क्रममा मैले गुड ब्रिक्स सिस्टम फेला पारे, जुन प्रविधिले पोल्नु नपर्ने गरि ईंट्टा उत्पादन गर्दछ’ जे। बी। इको ब्रिक्सका संचालक भुजुले भने यसले नेपालमा देखिएको गुणस्तरीय ईंट्टा को अभाव हटाउने छ भने नयाँ प्रविधिले ईंट्टा उत्पादन प्रक्रियालाई सरल बनाउनुको साथै ईंट्टा को गुणस्तर पनि बढाउँछ।

उनले थपे ‘म इन्नोसिएसआरको प्रविधिसँग काम गर्न तत्पर छु, म आशा गर्छु कि इन्नोसिएसआर र जे। बी. इको ब्रिक्सको सहकार्यले नेपालको ईंट्टा उत्पादन उद्योगमा नयाँ आयाम आउने छ।

कोइलाको मूल्य निरन्तर बढ्दै जाँदा र जनशक्ति समेत अभाव हुँदा नेपालको ईंट्टा उत्पादन उद्योगलाई समस्या भईरहेको छ । गुड ब्रिक्स सिस्टमले यसको समाधान दिदै वातावरण मैत्री प्रविधिबाट गुड सोइल स्टेबलाइजर प्रयोग गरि गुणस्तरीय ईंट्टा उत्पादन गर्दछ।

इन्नोसिएसआरले तयार पारेको गुड सोइल स्टेबलाइजर एउटा केमिकल हो, जसले अन्तराष्ट्रिय स्तरको मापदण्ड पुरा हुने गरि ईंट्टा मा माटो र सिमेन्टको पकड बनाउन काम गर्दछ । यस प्रविधि मार्फत हाइड्रोलिक मसिनको प्रयोग बाट उद्योग भित्रनै रहि हरेक सिजन ईंट्टा उत्पादन गर्न सकिन्छ, यसले हरेक ईंट्टा मा समान गुणस्तर कायम हुन्छ । साथै यस प्रविधिमा परम्परागत ईंट्टा उत्पादनको तुलनामा १० प्रतिशत जनशक्ति र १० प्रतिशत मात्र जमिन आवश्यक पर्छ भने ईंट्टा लाई पोल्नु पनि पर्दैन।

इन्नोसिएसआरका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक साम युन्सुक लिका अनुसार गुड ब्रिक उत्पादन प्रविधि नेपालका ईंट्टा उत्पादकहरु माझ लोकप्रिय हुदैछ।

हाल नेपालका २५ वटा ईंट्टा उत्पादकहरु उनीहरुको माटो र मसिन परिक्षणको पर्खाइमा रहेका छन् । उनका अनुसार यस प्रविधिले ईंट्टा उत्पादन उद्योगमा देखिएका समस्या समाधान गर्नुका साथै अन्य थुप्रै फाइदामा पनि दिएको छ । यसले ईंट्टा उत्पादकलाई धेरै आम्दानी दिएको छ, ग्राहकलाई गुणस्तरीय ईंट्टा उपलब्ध भएको छ, र पुरै देशले स्वच्छ हावा पाएको छ । हाल यस प्रविधिबारे बुझ्न चाहनेको संख्या बढ्दै गएको र त्यसले नयाँ सम्झौता हुने क्रम बढेको कम्पनीले उल्लेख गरेको छ।

इन्नोसिएसआरको बारेमा
सन् २००८ मा स्थापना भएको इन्नोसिएसआर प्रभावमुखी प्रविधिको सुरुवात गर्ने एक वैश्विक सामग्री प्रविधि फर्म हो । यसले नवीनतम प्रविधिको माध्यामबाट एसिया र अन्य क्षेत्रमा यथार्थ र सकारात्मक परिवर्तन ल्याउनको लागि कार्य गर्दछ । यस कम्पनी संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि परामर्श प्रदान गर्ने कम्पनीबाट रुपान्तरण भई आफै सामाजिक उत्तरदयिय्वको कार्यमा लागि परेको हो ।

लामो समयसम्म विभिन्न क्षेत्र र ठाउँहरुमा काम गरिसकेपछि इन्नोसिएसआरले नेपालमा गुड ब्रिक्स भनिने नवीनतम प्रविधिलाई स्थापित गर्न कार्यमा लागेको छ । यसले नेपालको ईंट्टा उत्पादन र निर्माण क्षेत्रमा क्रान्ति ल्याउने र वातावरणलाई क्षति नहुने गरि उत्पादकत्व बढाउने छ ।

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको संभावना

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:११

  इलाम । पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा...

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको शानदार जित

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको शानदार जित

वि.सं.२०८२ फागुन २२ शुक्रवार ०२:३९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित खाता खोलेको छ...

केन्ट मिनरल आरओद्वारा आईसीसी टी–२० विश्वकप २०२६ लक्षित विशेष योजना सार्वजनिक

केन्ट मिनरल आरओद्वारा आईसीसी टी–२० विश्वकप २०२६...

वि.सं.२०८२ फागुन ५ मंगलवार १२:२५

  काठमाडौं । सिजी इलेक्ट्रोनिक्स अन्तर्गत विश्वकै अग्रणी पानी शुद्धीकरण...

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन सम्झौता, धनगढीमा पाँचतारे होटल निर्माण हुने

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन...

वि.सं.२०८२ पुस ८ मंगलवार २१:५१

  काठमाडौं। अन्तर्राष्ट्रिय होटल चेन ‘होलिडे इन’ र क्लब चौलानी...

रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी सिर्जना गर्नुपर्छः अध्यक्ष मारु

रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी...

वि.सं.२०८२ असोज ९ बिहीवार २२:२७

जेनजी आन्दोलनका कारण ठूलो संख्यामा सरकारी तथा निजी क्षेत्रका भौतिक...