CG Electronics
IME Life
NIMB

अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई १३ अर्ब रुपैयाँ बराबरको गैरबजेटरी सहयोग

NIMB
Himalayan Bank

 

 

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई करिब १३ अर्ब रुपैयाँ बराबरको गैरबजेटरी सहयोग रकम उपलब्ध गराएपछि नेपालको विदेशी मुद्रा संचितिमाथिको दबाब केही कम भएको छ ।

गत पुस मसान्तसम्ममा विदेशी मुद्राको संचितिले ६ महिना १८ दिनको लागि मात्रै आयात (वस्तु तथा सेवा) धान्न पुग्ने अवस्था रहेकोमा माघ महिनामा केही बढेर ६ महिना २१ दिन ९६.७ महिना० आयात धान्न पुग्ने देखिएको हो ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालसँग ६.७ महिनाको अयात धान्न पुग्ने विदेशी मुद्रा संचिति छ । गत असार मसान्तमा नेपालसँग १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा संचिति थियो । माघ मसान्तसम्ममा आईपुग्दा यस्तो विदेशी मुद्राको संचिति घटेर ११ खर्ब ७३ अर्ब २ करोड रुपैयाँ बराबर मात्रै छ । गत असार मसान्तको तुलनामा विदेशी मुद्राको संचिति १६.२ प्रतिशतले घटेको हो ।

यस्तै, नेपालको चालु खाता घाटा बढेर ४ खर्ब १३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत पुस मसान्तसम्ममा नेपालको चालु खाता घाटा ३ खर्ब ५४ अर्ब ७ करोड रुपैयाँ थियो । माघ महिनामा मात्रै चालु खाता घाटा ५९ खर्ब ७९ करोड रुपैयाँले बढेको छ ।

विदेशमा काम गर्ने नेपालीले पठाउने रकमको दर भने घटेको घट्यै छ । गत वर्षको माघ महिनासम्मको तुलनमा ४.९ प्रतिशतले घटेर रेमिटान्स रकम ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ मात्रै आएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटान्स १०.९ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको सात महिना ९साउनदेखि माघसम्म० मा नेपालबाट १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ भने ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत वर्षको सात महिनाको तुलनामा निर्यात ८८.३ प्रतिशतले र आयात ४२.८ प्रतिशतले बढेको छ ।

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...