IME Life
NIMB

दोस्रो चरणको निर्वाचन सफल बनाउन कँग्रेस र राजपा बैठक

NIMB
Himalayan Bank

४ जेठ, काठमाडौं-  नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सफल बनाउन आवश्यक वातावरण बनाउने निष्कर्ष निकालेका छन् ।

काँग्रेस संसदीय दलको कार्यालयमा हिजो बसेको दुवै पक्षका शीर्ष नेताको बैठकले निर्वाचनमा राजपा नेपालको सहभागिताका लागि संविधान संशोधनलगायत माग सम्बोधन गर्ने सहमति गरेको हो ।

यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन राजपा नेपालको समेत सहभागितामा सफल बनाउने सम्बन्धमा छलफल भएको बैठकपछि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, “उहाँहरुका माग सम्बोधन गर्दै जान्छौँ र गर्छौँ । संविधान संशोधन प्रस्तावलाई पारित गर्न आवश्यक बहुमत पु¥याउन अन्य पार्टीसँग पनि छलफल गर्छौँ ।”

तराई मधेसमा जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या बढाउने सम्बन्धमा सरकारका तर्फबाट काम भइरहेको बताउँदै उहाँले राजपा नेपालको मागबमोजिम आन्दोलनमा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गर्ने काम भइसकेको जानकारी दिनुभयो ।

बैठकमा राजपा नेपाललाई निर्वाचनमा चुनाव चिह्न दिलाउने सम्बन्धमा पनि निर्वाचन आयोगसँग छलफल गर्ने सहमति भएको छ । संविधान संशोधन पारित गर्ने सम्बन्धमा सत्ता पक्षका दलहरुले भोलि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलसँग छलफल गर्ने तयारी गरेको छ ।

राजपा नेपालले बैठकमा निर्वाचनका लागि आवश्यक वातावरण बन्न नसकेकाप्रति काँग्रेसको ध्यानाकर्षण गराएको राजपा नेपालका नेता राजेन्द्र महतोले जानकारी दिनुभयो । निर्वाचनको वातावरण नबनेसम्म तराई मधेसमा निर्वाचन हुन नसक्ने स्पष्ट पार्दै उहाँले त्यसका लागि संविधान संशोधन गर्नुपर्ने, जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या बढाउनुपर्ने र आन्दोलनका क्रममा लागेका मुद्धा फिर्ता लिइनुपर्ने बताउनुभयो ।

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...