CG Electronics
IME Life
NIMB

यूनियन लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा सम्पन्न भएको हो ।

उक्त साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष सुलभ अग्रवालले आगामी आर्थिक वर्षदेखि शेयरधनीहरुलाई लाभांश वितरण गर्ने र बीमितहरुलाई बोनसदरमा राम्रो प्रतिफल दिने गरी कम्पनीलाई अघि बढाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त सभाले संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै, आ.व २०७६/७७ को लेखापरिक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब अनुसुचीहरु तथा नेपाल वित्तीय प्रतिवेदन बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी सो सभाले पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखा परीक्षकको नियक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा कम्पनी ऐन बमोजिम एकाउन्टेण्टस् पून : नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले संचालकतर्फ संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई संचालकहरु गरी ६ जना संचालकहरु निर्विरोध निर्वाचन समेत गरेको छ । साथै प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पुनः नियुक्तिको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले अन्य जीवन बीमा कम्पनी बिच एक आपसमा मर्ज हुने गाभ्ने गाभिने,प्राप्ती गर्ने गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण प्रक्रियागत प्रकृयाहरु अवलम्वन गरी मर्ज हुने कार्यको लागि संचालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

इन्स्योरेन्सले गत असार २४ गतेदेखि सर्वसाधारणहरुमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) जारी गरेको थियो । कम्पनीले आइपीओ जारी गरेको करिब एक वर्ष हुन लागेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको थिएन । यसर्थ यसपटक शेयरधनीहरुको हात खाली भएको छ ।

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट...

वि.सं.२०८३ असार १६ मंगलवार २०:३४

  काठमाडौं, असार १७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक बीपीए गोल्ड अवार्ड

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक...

वि.सं.२०८३ असार १६ मंगलवार १८:५७

  काठमाडौं, असार १६ । कामना सेवा विकास बैंक लिमिटेड...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी, टिकट खरिदमा १० प्रतिशतसम्म छुट

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी,...

वि.सं.२०८३ असार १६ मंगलवार १८:५५

  काठमाडौं, असार १६ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र...

प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागलाई...

वि.सं.२०८३ असार १६ मंगलवार १८:३७

  काठमाडौं, असार १६ । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत...

पीजी सुज ब्राण्ड २८ वर्ष प्रवेश, विदेशी जुत्ताको विकल्पदेखि अन्तर्राष्ट्रिय बजारसम्म

पीजी सुज ब्राण्ड २८ वर्ष प्रवेश, विदेशी...

वि.सं.२०८३ असार १६ मंगलवार १८:२९

  काठमाडौं । पीजी सुज ब्राण्डको नेपाली जुत्ता उत्पादक कम्पनी...