nic bank
himalayan everesat
Nmb bank

यूनियन लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा सम्पन्न भएको हो ।

उक्त साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष सुलभ अग्रवालले आगामी आर्थिक वर्षदेखि शेयरधनीहरुलाई लाभांश वितरण गर्ने र बीमितहरुलाई बोनसदरमा राम्रो प्रतिफल दिने गरी कम्पनीलाई अघि बढाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त सभाले संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै, आ.व २०७६/७७ को लेखापरिक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब अनुसुचीहरु तथा नेपाल वित्तीय प्रतिवेदन बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी सो सभाले पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखा परीक्षकको नियक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा कम्पनी ऐन बमोजिम एकाउन्टेण्टस् पून : नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले संचालकतर्फ संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई संचालकहरु गरी ६ जना संचालकहरु निर्विरोध निर्वाचन समेत गरेको छ । साथै प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पुनः नियुक्तिको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले अन्य जीवन बीमा कम्पनी बिच एक आपसमा मर्ज हुने गाभ्ने गाभिने,प्राप्ती गर्ने गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण प्रक्रियागत प्रकृयाहरु अवलम्वन गरी मर्ज हुने कार्यको लागि संचालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

इन्स्योरेन्सले गत असार २४ गतेदेखि सर्वसाधारणहरुमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) जारी गरेको थियो । कम्पनीले आइपीओ जारी गरेको करिब एक वर्ष हुन लागेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको थिएन । यसर्थ यसपटक शेयरधनीहरुको हात खाली भएको छ ।

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा,...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:२४

  ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल...

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५६

  काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा छुट हुने...

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले वृद्धि

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले वृद्धि

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५४

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आथिर्क...

आइएमई लाइफको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न

आइएमई लाइफको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम भव्य...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५०

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले कोशि प्रदेशबाट आर्थिक वर्ष...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१४

काठमाडौँ । महालक्ष्मी विकास बैंकले बैशाख १२ गते बुधबार महोत्तरीको...

चाउचाउमा एसिड भ्यालु धेरै भेटिएको समाचारप्रति चौधरी ग्रुपको प्रष्टीकरण

चाउचाउमा एसिड भ्यालु धेरै भेटिएको समाचारप्रति चौधरी...

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:१६

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्ने चाउचाउमा एसिड...