CG Electronics
IME Life
NIMB

प्रयोगकर्ताहरुको अनुभवलाई वृद्धि गर्न ग्राहक सेवामा विशेष ध्यान दिँदै भिभो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड, भिभोले ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्न लागि परेको छ । भिभोले आफ्नो ग्राहक केन्द्रित पहल अन्तर्गत प्रत्येक महिना २७ देखि २९ तारिखसम्म “भिभो सर्भिस डे” मनाउँदै आइरहेको छ, यसमा ग्राहकहरूले एक्सेसरिज खरिदमा विशेष छुटको लाभ लिन सक्नेछन् । कम्पनीले यस प्रभावकारी पहलमार्फत सहज रूपमा सबैभन्दा ठूलो समाधान प्रदान गर्दै उपभोक्ताहरूको मन जित्न सफल भएको छ ।

ग्राहकहरूले निःशुल्क स्मार्टफोन सर्भिसिङ र क्लिनिङ, शून्य श्रम लागतमा मर्मत, हार्डवेयरमा समस्या आएमा ३० दिनको एक्सचेन्ज अफरहरू, निःशुल्क प्रोटेक्टिभ फिल्म, फ्री ओएस अपडेट लगायत निःशुल्क सेवाहरू लिन सक्नेछन् । यसबाहेक, ग्राहकहरूले प्रत्येक नयाँ फोन खरिदमा उपलब्ध हुने वारेन्टी सेवा÷नीति पनि दाबी गर्न सक्छन् । भिभोले ग्राहकहरुलाई फोनमा १ वर्षको वारेन्टी, एक्सेसरिजमा ६–महिनाको वारेन्टी, पार्टकको सशूल्क मर्मतमा ३ महिनाको वारेन्टी, सेवा केन्द्रबाट खरिद गरिएको एक्सेसरिजमा ६–महिनाको वारेन्टी र सफ्टवेयरमा जीवनभर वारेन्टी प्रदान गर्दछ ।

ग्राहकहरू हरेक व्यवसायको सबैभन्दा ठूलो पूजी हुन् र भिभोले ग्राहकको सन्तुष्टिलाई निरन्तर रूपमा सुनिश्चित गर्ने प्रयासमा आफ्ना पहलहरूलाई स्तरोन्नति गर्दै आइरहेको छ । ग्राहक सन्तुष्टिले वफादार ग्राहकहरूलाई कायम राख्न मात्र नभई सकारात्मक रुपमा ब्राण्डको वकालत गर्दै बलियो ग्राहक सेवा पोर्टफोलियोहरू मार्फत नयाँ ग्राहकहरूलाई आकर्षित गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने ब्रान्डको विश्वास रहेको छ । तसर्थ, भिभोले हाम्रा स्थानीय ग्राहकहरूको आवश्यकता र चाहना बुझेर हाम्रा बिक्रीपछिका सेवाहरूलाई स्तरोन्नति गर्ने र उपयुक्त बनाउन निरन्तर लागि परेको छ ।

भिभो नेपालका सीईओ माइकलले भन्नुभयो, “भिभोले ग्राहक केन्द्रित र जिम्मेवार ब्रान्डका रूपमा आफ्ना प्रिय प्रयोगकर्ताहरूलाई झन्झटमुक्त खरिद अनुभव प्रदान गर्दै ग्राहक सुरक्षा र सुविधा सुनिश्चित गर्न निरन्तर रूपमा काम गर्दै आइरहेको छ । उपभोक्ताहरूले विगतमा हाम्रा पहलहरूलाई सकारात्मक प्रतिक्रिया दिएका छन्, र हामी नेपालमा भिभो स्मार्टफोन प्रयोगकर्ताहरुका लागि विशिष्ट अनुभव सिर्जना गर्न सक्षम भएकोमा खुसी छौं । हामीले हाम्रा उत्पादनहरू र सेवाहरू उपभोक्ताहरूलाई चाँडोभन्दा चाँडो डेलिभर गर्ने र उनीहरूका प्रश्नहरूलाई छिटोभन्दा छिटो समाधान गर्ने लक्ष्य राखेका छौं ताकि प्रयोगकर्ताहरूले हाम्रा अर्थपूर्ण, नविन उत्पादन र मूल्य अभिवृद्धि सेवाहरूबाट लाभान्वित हुन सकून् । भिभोले ग्राहकहरूलाई हरेक सुख दुखमा समर्थन गर्दै उनीहरूलाई उत्कृष्ट अनुभवहरू प्रदान गर्नेछ ।”

ब्रान्डले खरिद अघि र पछि प्रयोगकर्ताहरुलाई सान्दर्भिक जानकारी प्रदान गर्दै आफ्नो बिक्री पछि सेवाहरू मार्फत स्थानीय उपभोक्ताहरूलाई नवीनतम उत्पादन र सुविधाहरूको बारेमा जानकारी दिने प्रयास गर्दछ । भिभोले काठमाडौं, नारायणघाट, पोखरा र इटहरीमा रहेका आफ्ना चार शाखाहरु मार्फत राष्ट्रिय स्तरका ग्राहकहरु माझ पुगेर नेपालमा ग्राहक सम्पर्कलाई रणनीतिक रुपमा सुदृढ गरेको छ । भौगोलिक सीमितताहरू पार गरेर, भिभोले आफ्ना वफादार ग्राहकहरूलाई देशभर उपलब्ध गराउन सक्षम भएको छ । अत्याधुनिक सुविधाहरू र उपकरणहरूले सुसज्जित सेवा केन्द्रहरूले ग्राहकहरूलाई झन्झटमुक्त खरिद र बिक्री पछि सेवा अनुभव सुनिश्चित गर्न स्वागत गर्दछ ।

उपभोक्ता–केन्द्रित ब्रान्डको रूपमा, भिभोले बिक्रीपछिको सेवाहरूमा विशेष ध्यान केन्द्रित गर्दै आफ्ना ग्राहकहरूलाई स्मार्टफोन प्रयोगको प्रत्येक चरणमा सहयोग गर्ने प्रयास गर्दछ । बेन्फेन दर्शनलाई पछ्याउँदै, भिभोले आफ्नो काम र व्यवसायका लागि स्मार्टफोनमा निरभर उपभोक्ताहरूलाई खरिद गर्न सजिलोसँग समर्थन र सशक्तिकरण गर्ने र तिनीहरूलाई अत्याधुनिक प्रविधिहरूमा निर्बाध पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ ।

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

वि.सं.२०८३ जेठ ३० शनिवार २०:०१

काठमाडौँ। नेपाल टेलिकमले हाल सञ्चालन भइरहेको फिफा विश्वकप– २०२६ लाई...

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२३

  काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा काठमाडौं...