नबिल बैंकको विशेष साधारण सभा सम्पन्न
Saturday May 21, 2022
वि.सं.२०७९ जेठ ७ शनिवार २१:०८
काठमाडौं । जनबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी प्रस्ताव पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको हो ।
वर्तमान अवस्थालाई ध्यानमा राख्दै बैंकले आयना सेयर धनीलाई अभौतिक रूपमा उपस्थित हुन श्ययm क्ष्म् रउबककअयमभ को व्यवस्था मिलाएको थियो । युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००स्३५ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार युनाइटेड फाइनान्सका सेयरधनीले युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ३५ कित्ता सेयर प्राप्त गर्नेछन् ।
युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पुजी १३ अर्व ८४ करोड पुग्नेछ भने कुल पुँजीकोष ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल वृद्धि भइ १४७ हुनेछ एटीएम संख्या भने १८९ हुनेछ । निक्षेपको अंक २१६ अर्ब हुनेछ भने कर्जाका अंक २०१ अर्ब हुनेछ ९ चैत्र मसान्तको वित्तिय विवरण अनुसार यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको अंक २ खर्ब माथि हुनेछ ।
यो प्राप्तीसँगै नबिल बैंकले बजारमा आङखनो नविन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणनीति अनुसार बजारमा उपस्थित हुनेछ ।
























