CG Electronics
IME Life
NIMB

प्लास्टिक पुनरावृत्ति गर्न र नेपालका नदीहरूमा प्लाष्टिकको रोकथामका लागि अत्याधुनिक प्रविधिको प्रयोग ल्याउनुपर्छ

NIMB
Himalayan Bank

काठमाडौं । नर्वेजियन रिटेलर्स फण्डले क्रिएशनका साथसाथै ग्रिड एरेन्डल, डोको रिसायक्लर्स, इन्टरनेशनल सोलिड वेस्ट एसोसिएसन , र नर्वेजियन जियोटेक्निकल इन्स्टिच्युट (एनजीआई) लाई नेपालमा नदीहरूबाट हुने प्लास्टिकको फोहोर प्रदूषणलाई सम्बोधन गर्न सहयोग गर्नेछ।

काठमाडौंमा आज क्रिएशन नेपाल, ग्रिड एरेन्डेल, डोको रिसायक्लर्स, इन्टरनेशनल सोलिड वेस्ट एसोसिएसन (इस्वा) र नर्वेजियन जियोटेक्निकल इन्स्टिच्युट (एनजीआई) ले नर्वेजियन रिटेलर्स फण्डको सहयोगमा “प्रिभेन्टिङ प्लाष्टिक इन नेपाल रिभर्स बाई बुस्टिङ् द इनफरमल सेक्टर” प्रोजेक्ट सुरु गर्ने घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालय माननीय श्री रामसहाय प्रसाद यादव, नेपालका लागि नर्वेजियन राजदूत सुश्री तोरुण द्रमदल, क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्राको उपस्थितिमा आयोजनाको शुभारम्भ गरिएको थियो ।

‘हामीले पूजा गर्ने ठाउँ वाग्मती खोला सांस्कृतिक ठाउँ हो तर प्लास्टिक प्रदूषणका कारण नदीको मुल्य घटेको छ । यो समस्या समाधान गर्नका लागि नीतिहरूको कडा कार्यान्वयन हुन आवश्यक छ। हामीले आधारभूत तहका मानिसहरूलाई जानकारी दिनुपर्छ र सङ्कलन प्रक्रिया अघि र पछि गल्ने र नगल्ने फोहोर छुट्याउन सिकाउनुपर्छ । वन तथा वातावरण मन्त्री भएको जिम्मेवारीले पनि नेपालका नदीहरुमा प्लाष्टिक प्रदूषण रोक्न पूर्ण सहयोग गर्नेछु ।” माननीय श्री रामसहाय प्रसाद यादव, वन तथा वातावरण मन्त्रिले जानकारी दिनु भयो ।

परियोजनाका केही भागहरूमा पूर्वाधार निर्माण गर्ने र विभिन्न प्रकारका सङ्कलन गरिएको प्लास्टिकलाई अलग–अलग सङ्कलन र पुनः प्रयोग गर्ने प्रणाली राख्नु पर्दछ। यस परियोजनामा स्थानीय रूपमा सञ्चालित प्लास्टिक रिसाइक्लिङ्ग सुविधाको स्थापना पनि समावेश छ जसले नदीहरूमा फोहोर रोक्न उच्च र कम गुणस्तरको प्लास्टिकको व्यवस्थापन गर्न सकिने छ।

“आज हामीले काठमाडौं उपत्यका वरिपरि हेर्दा नदी वा ल्यान्डफिल साइटहरू फोहोरको थुप्रोले भरिएका देख्छौँ, जुन मुख्यतया प्लाष्टिकको हुन्छ”, नेपालका लागि नर्वेजियन राजदूत सुश्री तोरुन द्रम्दलले भनिन्। “प्लास्टिकको प्रदुषण सन् १९५० देखि अत्याधिक बढेको छ र यसको विश्वव्यापी असर ठूलो छ। प्लास्टिक प्रदूषणको बृद्धिले नर्वेजियन सरकारलाई यो विषयमा उच्च प्राथमिकत राख्दियो ।

काठमाडौंमा पनि मनसुन मौसममा प्लास्टिकको कारणले खोला नाला मा ठूलो समस्या सिर्जना गरिएअको देखिन्छ । यो समस्याको समाधानको लागि पूर्ण जीवनचक्रलाई लक्षित गर्दै उचित सिर्जना गर्ने दिशामा काम गरि फोहोर व्यवस्थापन प्रणाली र एक पुनरावृत्ति प्रणालीजसलाई वातावरण संरक्षणका समस्याहरूलाई सम्बोधन गन लक्षित गर्नुपर्छ” उनले थपिन।

 

नेपालका लागि फोहोर व्यवस्थापनमा अनौपचारिक क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । अनौपचारिक मजदुरहरू सङ्कलनकर्तादेखि फोहोर उठाउने र स्क्र्याप डिलरहरूसम्म छन्। काठमाडौं उपत्यकामा काम गर्ने अनुमानित १०,०००–१५,००० फोहोर उठाउनेहरूमध्ये धेरै महिलाहरू छन्, तर तिनीहरू सबैभन्दा सीमान्तकृत छन् ।

“अनौपचारिक फोहोर मजदुरहरूको वातावरणका लागि महत्त्वपूर्ण भुमिका रहेको हुन्छ। तसर्थ, स्वच्छ, स्वस्थ र दिगो वातावरण राख्न र मानिसहरूलाई प्रोत्साहित गर्न व्यवहार परिवर्तन लागू गरिनुपर्छ । प्लास्टिक पुनरावृत्ति गर्न र नेपालका नदीहरूमा प्लाष्टिकको रोकथामका लागि अत्याधुनिक प्रविधिको प्रयोग ल्याउनुपर्छ ।” आनन्द मिश्र क्रिएशनका संस्थापक र अध्यक्षले जानकारी दिनु भयो ।

काठमाडौंको जनसंख्या बढ्दै जाँदा प्लास्टिकको प्रयोग र फोहोर उत्पादन पनि बढ्दै गएको छ । राजधानीमा फोहोर व्यवस्थापन गर्न असंगठित फोहोर संकलन र खुला जलाउने कुरामा ध्यान दिनुपर्छ ।

 

क्रिएसनको बारेमा

क्रिएसन (सेन्टर फर रिसर्च एण्ड सस्टेनेबल डेभलपमेन्ट नेपाल) सन् २००५ मा स्थापित एक  गैरसरकारी संस्था हो। यसले दिगोपनमा आधारित विकासलाई बढावा दिन्छ र सामाजिक आविष्कारहरू, प्रभावमा आधारित परियोजनाहरू, युवाहरूका लागि सिकाइ केन्द्र र माध्यमको रूपमा सेवा गर्दछ ।  यसको विकासशील कार्य क्षेत्रहरूसँग सम्बन्धित सरोकारवालाहरु संलग्न छन् ।  क्रिएसन ले दिगो विकास लक्ष्य २०३० का एजेन्डाहरूलाई सम्बोधन गर्न सघाउने लक्ष्य राखेको छ ।

क्रिएसन नेपालको प्राविधिक प्रगति, नीति निर्माण र सामाजिक रूपान्तरणको दीर्घकालीन रणनीतिको तीव्र समर्थक हो जसले सन् २०४५ सम्ममा नेट(शून्य उत्सर्जन हासिल गर्न कार्बन(न्युट्रल, समावेशी र जलवायु उत्थानशील भविष्यतर्फ डोऱ्याउँछ। संस्थाका चार मुख्य विषयगत क्षेत्रहरू वातावरण र दिगोपन, विपद् जोखिम न्यूनीकरण, युवा तथा स्वयंसेवी परिचालन र शिक्षा तथा वकालत  हुन् ।

 

 

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन,...

वि.सं.२०८३ साउन ३ आइतवार १०:२२

  काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...