CG Electronics
IME Life
Ncell NPL

एक रातको बीसौ हजार लिएर युवती सप्लाई गर्ने यी तीन भाई जाकीए खोरमा,३५युवतीको यसरी भयो उद्दार

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौंको ठमेलस्थित विभिन्न रेस्टुरेन्ट तथा डान्सबारबाट प्रहरीले ३५ बालबालिकाको उद्धार गरेको छ।

 

टेकुस्थित महानगरीय प्रहरी परिसरको नेतृत्वमा सञ्चालन भइरहेको ‘स्टिङ अपरेसन’अन्तर्गत १८ वर्षभन्दा कम उमेरका ती बालबालिकाहरूलाई उद्धार गरिएको हो।

 

ठमेलका युनिक डान्सबार र बेबो डान्सबारबाट गरी ३५ बालबालिकाको उद्धार गरिएको लैनचौरस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) गौतमकुमार केसीले जानकारी दिए।

 

जसमा १२ देखि १५ वर्ष सम्मका २७ बालिका र ८ बालक छन्। दुई हप्तादेखि चलिरहेको अपरेसनअन्तर्गत मंगलबार सम्ममा उद्धार गरिएका ती बालबालिकाहरूलाई अभिभावकको जिम्मा लगाइएको डिएसपी केसीले जानकारी दिए।

 

ती बालिलकामध्ये कतिपय काठमाडौंमै अभिभावक भएका तथा कतिपय छिमेकी जिल्ला सिन्धुपाल्चोक, काभ्रे धादिङ, नुवाकोटबाट पढ्न तथा विभिन्न अवसरकाे खाेजीमा अाएकाहरू छन्।

 

साथै प्रहरीले बेबो डान्सबार सञ्चालक नवीन गुरुङ तथा युनिक डान्सबारका सञ्चालकद्वय विश्व श्रेष्ठ र राजु लामालाई पनि प्रहरीले पक्राउ गरेको छ।

 

अहिले उनीहरू लैनचाैरस्थित महानगरी प्रहरी वृत्तकाे नियन्त्रणमा छन्। उनीहरुले एक रातको बिस हजार लिएर युवती सप्लाई गर्ने गरेको श्रोतको भनाई छ।

 

डिएसपी केसीले भने, ‘उनीहरूलाई बालबालिका ऐन २०७५ अनुसार अपराधको प्रकृति हेरेर एक वर्ष कैदसम्मको कारबाही हुन सक्छ।’ तर उद्धार गरिएका बालबालिकालाई भने १८ वर्षभन्दा कम उमेरका भएकाले सम्झाइ-बुझाइ अभिभावकको जिम्मा लगाउने बाहेक कुनै कारबाही नहुने उनले बताए।

 

‘बालबालिका ऐन २०७५ आएपछिको यो पहिलो अपरेसन हो,’ डिएसपी केसीले भने, ‘यो अभियान निरन्तर जारी रहनेछ।’

 

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...