NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

विश्व स्वच्छ व्यापार दिवस आज जेठ २१ गते नेपालमा मनाइँदै

NIMB
leapmotornepal (citroen)

 

ललितपुर । विश्व स्वच्छ व्यापार दिवस आगामी जेठ १४ र २१ गते नेपालमा मनाइँदै छ ।

विश्व स्वच्छ व्यापार संगठनको आह्वानमा स्वच्छ व्यवसाय समूह नेपाल ९एफटिजिएन० को अगुवाइमा नेपालमा विश्व स्वच्छ व्यापार दिवस मनाउन लागिएको हो ।

विश्व स्वच्छ व्यापार दिवस हरेक वर्ष मे महिनाको दोस्रो शनिबार विश्वभर मनाइन्छ ।

यस वर्ष मे १४ मा विश्व स्वच्छ व्यापार दिवस विश्वभर मनाइए पनि स्थानीय तहको निर्वाचनका कारण नेपालमा मनाउन सकिएको थिएन ।

बिहीबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै, एफटिजिएनका अध्यक्ष डा सुनिल चित्रकारले विश्व स्वच्छ व्यापार दिवस २०२२ मे १४ मा “जलवायु न्याय” भन्ने नाराका साथ मनाइएको जानकारी दिनुभयो ।

नेपालमा विश्व स्वच्छ व्यापार दिवसको अवसरमा जेठ १४ गते प्रभातफेरी तथा जेठ २१ गते मा व्यापार मेला तथा प्रदर्शनी आयोजना गरिने चित्रकारले जानकारी दिनुभयो ।

बिहान ७ बजे भृकुटीमण्डपबाट सुरु हुने प्रभातफेरी रत्नपार्क, भोटाहिटी, बांगेमुडा, भेडासिंह, इन्द्रचोक, मखन हुँदै वसन्तपुर दरबार चोकमा समापन हुने तथा प्रभातफेरी एक हजारभन्दा बढी सदस्य सङ्घसंस्था, साझेदार र सरोकारवालाको सहभागिता रहने आयोजकले जानकारी दिए।

जेठ २१ गते पुलचोक स्थित याक प्यालेसमा व्यापार मेला तथा प्रदर्शनीको आयोजना हुने जसमा हस्तकला, कृषिजन्य खाद्यान्न लगायत उत्पादनको प्रदर्शनी गरिने चित्रकारले जानकारी दिनुभयो ।

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...