CG Electronics
IME Life
NIMB

पाँचमिनेटमा ५०५ चार्ज हुने स्मार्टफोन सार्वजनिक, नेपालमा कति पर्छ मूल्य ?

NIMB
Himalayan Bank

 

 

काठमाडौं । रियलमी, विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्डले आज २०२२ का दुई सबैभन्दा रोमाञ्चक स्मार्टफोनहरुको सार्वजनिक गरेको छ ।

विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागशिप रियलमी जिटी २ प्रो पनि सार्वजनिक भएको हो। रियलमीले गत वर्ष सार्वजनिक भएको रियलमी जिटी नियो २ को सफलता पछि रियलमी जिटी ३ सार्वजनिक गरेको हो भने जिटी २ प्रो ले प्रयोगकर्ताहरुले उचित फ्लागशिपबाट के आशा गर्छन भनेर नयाँपन अपनाएको छ।

 

जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हो । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्छ । जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रोे ले पेपर टेक डिजाइन र रियलमीको सुपर रियालिटी २के अमोल्ड फ्ल्याट डिस्प्लेसँगै स्वतन्त्र डिस्प्ले चिप जस्ता उत्कृष्ट फिचर, नविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक भएको छ ।

रियलमी जिटो नियो ३

आधुनिक जीवनको साथमा, हालका प्रयोगकर्ताहरुसँग स्मार्टफोनका सुविधाहरुमा उच्चस्तरको शक्ति, नियन्त्रण र प्रदर्शन क्षमता छ, यसले प्रयोगकर्ताहरुलाई एकै समयमा सक्रिय रुपमा धेरै कार्य गर्न र उनीहरुको दैनिक तालिका नियन्त्रण गर्न सक्षम बनाउँछ । यी आवश्यकताहरुबारे ग्राहकको गहिरो बुझाइका साथ, जिटी नियो मिडिया टेक डाइमेन्सिटी ८१०० मोबाईल प्लाटफर्म सँगसँगै स्वतन्त्र डिस्प्ले चिप र अल्ट्राडार्ट १५० वाट फास्ट चार्जिङ प्रविधिसहित सुसज्जित रहेको कम्पनीले जनाएको छ ।

विश्वको सबैभन्दा छिटो चार्ज गर्ने स्मार्टफोन

ब्याट्रीको सन्दर्भमा, धेरैजसो प्राविधिक पारखीहरुसँग दीर्घकालिन प्रयोगको लागि उच्च माग छ, जसको अर्थ निर्माताहरुले ब्याट्री क्षमतालाई निरन्तर सुधार गर्नुपर्छ । यद्यपि, यो मुख्य कारक होइन जब स्मार्टफोन छनोट गर्दा ब्याट्री क्षमता जति ठूलो हुन्छ, चार्जिङ समय त्यति नै लामो हुन्छ । तसर्थ, रियलमीले प्रयोगकताहरुका लागि प्रयोगको समयलाई अप्टिमाइज गर्नका लागि सधैँ सबैभन्दा आधुनिक दु्रत चार्जिङ प्रविधिको साथ आफ्नो उपकरणको अनुसन्धान र अप्टिमाइज गरेको छ ।

यही मूल्यमा अन्य उत्पादनहरु तुलना गर्दा, जिटी नियो ३ अल्ट्रा–डार्ट १५० बाट चार्जिङ टेक्नोलोजीको साथ अधिक शक्तिशाली छ, जसले प्रयोगकर्ताहरुले ५ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सक्छन् र बिना कुनै अवरोध हाई स्पीड पर्फमेन्सको आनन्द लिन सकिन्छ । यद्यपी, छिटो चार्ज गर्ने प्रविधिको साथमा, प्रयोगकर्ताहरुका लागि सुरक्षा ठूलो चिन्ताको विषय हो, तर जिटी नियो ३ ले यो विषयलाई स्वतन्त्र चार्जिङ चिपद्वारा समाधान गर्न सक्छ जसले जोखिमपूर्ण अवस्थामा प्लग निकाल्दछ । साथै, ३८ सुरक्षा उपायहरुसहित, यो उपकरण टियूभी राईनल्यान्डद्वारा प्रमाणित छ जसले प्रयोगकर्ताहरुको सुरक्षालाई सशक्त बनाउँछ ।

नेपालमा मूल्य

रियलमी जिटी ३ को १२र२५६ जिबी भेरियन्टको मूल्य ७७,९९९ रुपैयाँ तोकिएको छ । उपलब्ध रंगहरु नाइट्रो ब्लू र स्प्रिन्ट सेतो रङ्गमा उपलब्ध यो फोनको् प्रिबुकिङ आज दराजबाट सुरु गरिएको छ, जहाँ प्रयोगकर्ताहरूले रु ३,००० छुटको मज्जा लिन सक्छन् । यस्तै, रियलमी जिटी २ प्रो को १२र२५६ जिबी भेरियन्टको मूल्य रु १,०९,९९९ छ। हाललाई कागजी सेतो रंगमा मात्र उपलब्ध छ र प्रिबुकरहरूले दराजबाट रु ४,००० छुट प्राप्त गर्न सक्छन्।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...