काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले क्षेत्रपाटी निःशुल्क चिकित्सालयको निरिक्षण
Sunday Jun 19, 2022
वि.सं.२०७९ असार ५ आइतवार ०८:२७
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले क्षेत्रपाटी निःशुल्क चिकित्सालयको निरिक्षण गरेकी छिन् । सो क्रममा उपमेयर डंगोलले काठमाडौं महानगरभित्रका सबै अस्पताललाई सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेकी छिन् ।
क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा रहेको अक्सिजन प्लान्ट अवलोकन गर्दै उपमेयर डंगोलले क्षत्रपाटी निःशुल्क चिकित्सालयले सरल र शुलभ रूपमा सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेकोमा खुशी व्यक्त गरिन् ।
कार्यक्रममा क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा। मनोजमान श्रेष्ठले काठमाडौं महानगरपालिकाले विगतदेखि नैत्र सहयोगत्र गर्दै आएको र आगामी दिनमा पनि आर्थिक भौतिक सहयोग जारी राख्ने विश्वास व्यक्त गरे ।























