गजल
Tuesday Nov 20, 2018
वि.सं.२०७५ मंसिर ४ मंगलवार ०४:१५

अपराधीलाई किन आज, कार्बाही हुन्न सरकार ?
चारै तिर खोजी खोजी, जेलामा थुन्न सरकार ? ?
खै कस्तो संविधानको, निर्माण भो हाम्रो देशमा।
दोषीलाई उल्टै निर्दोष, थालेउ है चुन्न सरकार ??
हत्या हिम्सा बलात्कार र, डकौती झाङ्गियो झन।
स्वाभिमान डग्दा पनि, तिम्रो मन छुन्न सरकार ??
गणतान्त्रिक नेपालको, कानुन कति लाचार छ।
आज देश मारमा पर्दा, तिम्रो मन रुन्न सरकार ??
नैसर्गिक अधिकार आज, हनन हुदा मठ्ठ छौ है।
जनताका गुनासाहरु कमसेकम, सुन्न सरकार ??
‘‘‘समर्पण तामाङ‘‘‘
























