CG Electronics
IME Life
NIMB

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले व्यापारी–व्यवसायीहरुलाई राहत दिदैन : पूर्व गभर्नर डा नेपाल

NIMB
Himalayan Bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले व्यापारी–व्यवसायीहरुलाई राहत देला जस्तो आफुलाई नलागेको बताएका छन ।

राष्ट्रिय व्यापार संघले आयोजना गरेको ‘कर नीति, मौद्रिक नीति’ तथा वर्तमान आर्थिक अवस्थाको विषयमा छलफल कार्यक्रममा प्रमुख अतिथी बनेका पूर्व गभर्नर डा। नेपालले भने–‘ मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिको नीतिलाई टेवा पु¥याउँदैन ।

राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थका लागि मुलुकलाई दुरगामी असर पर्ने कुरा विचार नगरि बोलिदिंदा आर्थिक अवस्थालाई कहिले काहीं गम्भीर असर पु¥याउने बताउँदै पूर्व गभर्नर डा। नेपालले नीति–निर्माण गर्नेहरुले आफ्नो स्वार्थ हेर्न नहुने सुझाव दिए ।

कोभिड पछिको जनजीवन अहिले सामान्य जस्तो देखिए पनि आर्थिक अवस्था अप्थ्यारै रहेको भन्दै पूर्व गभर्नर डा। नेपालले व्यापारी–व्यवसायीलाई सहज वातावरण बनाई नि सरोकारवालाहरुसंग आग्रह पनि गरे ।
पर्यटन र अनुदान लगायतका कारणबाट राज्यको ढुकुटी बढ्दै जाने र आर्थिक अवस्थामा सुधार आउने अपेक्षा डा।नेपालले गरेका छन ।

राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोज कुमार श्रेष्ठले व्यापारी–व्यवसायीका समस्या प्रति गम्भीर भइदिन राज्य पक्षलाई आग्रह गरेको उक्त छलफल कार्यक्रममा उपाध्यक्ष रामचन्द्र पराजुलीले बैंकहरुले नाकामा गरेको कडाइका कारण व्यापारी–व्यवसायीकाहरुलाई समस्या परेको सुनाए ।

करदाता सेवा कार्यालय न्यूरोडका प्रमुख बिनोद लामिछानले नीतिहरुमा पुनरावलोकन हुनुपर्ने बताउँदै राजश्वको मूल आधार आन्तरिक स्रोत भएको चर्चा गरे
कार्यक्रम सञ्चालन गर्दै राष्ट्रिय व्यापार संघका महासचिव बैकुण्ठ दाहालले जन्मेदेखि मृत्युसम्म कर तिर्नेहरुका लागि सहज वातावरण बनाउन राज्यका नीति–नियमहरु उद्दत हुनुपर्ने उल्लेख गरे ।

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १०० रुपैयाँसम्म क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५६

  काठमाडौं। आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरोशेयर खाता नवीकरण...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि एचभ(इधलभम भ्ख् कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५२

काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका...

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४६

  काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४३

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)...

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिज सार्वजनिक

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४०

  काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम...

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...