CG Electronics
IME Life
NIMB

प्रधानमन्त्री ओलीलाई उनकै सरकारका अर्थमन्त्री खतिवडाले थुतुनो चलाएर देशको बिकाश नहुने भन्दै दिए यस्तो रुखो जवाफ

NIMB
Himalayan Bank

 

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुखमात्रै चलाएर देशको विकास नहुने बताएका छन् । केपी ओली नेतृत्वको सरकारले मुखमात्रै चलाएको भन्दै आलोचना भइरहेका बेला अर्थमन्त्री खतिवडाले यस्तो बताएका हु्न् । ओलीले अर्थ मंत्री परिवर्तन गर्ने संकेत दिए पछी खतिवडा घुमाउरो पाराले ओलीको बिरोधमा उत्रिएका हुन्।

‘स्थानीय तहका दुई हातमध्ये एउटा सहकारी र अर्को निजी क्षेत्र हो,’ राजधानीमा शुक्रबार स्थानीय तह र प्रदेशमा सहकारी भूमिका विषयक गोष्ठीको उदघाटन गर्दै खतिवडाले भने – दुबै हात चलाउनु होला । मुखमात्रै चलाएर विकास हुँदैन । दिमाग चलाउनुपर्छ । किनभने हातमात्रै चलाउँदा कहिलेकाहीँ विवेक पुग्दैन ।’

स्थानीय तहहरुले आवधिक योजना बनाउँदा सहकारीको भूमिका प्रष्ट पार्नुपर्ने उनको भनाई थियो । सहकारीलाई अघि बढाएर काम गर्न सके मुलुकले लक्ष्य गरेको दिगो आर्थिक विकास प्राप्त हुने उनको भनाई थियो ।

‘सहकारी, निजी क्षेत्र र सामुदायीक क्षेत्रलाई के गराउने भनेर आवधिक योजनामै प्रष्ट उल्लेख हुनुपर्छ,’ खतिवडाले भने, ‘हामीले पनि अर्थतन्त्रको भूमिका के हुने भनेर किटेरै राखेका छौं ।’

सरकार र निजी क्षेत्र पुग्न नसकेका ठाउँमा पनि सहकारीले काम गरिरहेको भन्दै खतिवडाले सहकारी क्षेत्रको प्रसंसा गरे ।

‘हाम्रो विकासको मोडेल सरकार, निजी क्षेत्र र सहकारी हो । तर हामी एकअर्काका परिपुरक हुनुपर्ने ठाउँमा कहिलेकाहीँ प्रतिस्पर्धी बन्छौं, जुन जरुरी छैन,’ उनले भने ।

कृषियोग्य भूमि टुक्रिएका कारण कृषिको व्यावसायिकरण गर्न नसकेको उनले गुनासो गरे ।

‘प्राकृतिक स्रोतको सामूहिक उपयोग गर्न सकियो भनेमात्रै न्यायपूर्ण समाजको निर्माण गर्न सकिन्छ,’ खतिवडाले भने, ‘सहकारीहरुले भूमिको चक्लाबन्दी गर्नतर्फ भन्दा उत्पादन बढाउन भूमिका खेल्नुपर्छ ।’

सामाजिक न्यायका लागि सहकारीको मोडेल उपयुक्त हुने उनको भनाई थियो । कृषि उत्पादनलाई बजारिकीकरण गर्नुअघि प्रशोधन आवश्यक हुने र त्यसका लागि सरकार सहयोग गर्न तयार रहेको उनले प्रष्ट पारे ।

‘दुग्धजन्य प्रसोधनमा सहकारीहरु प्रस्ताब लिएर आउनोस् सरकार हरेर किसिमका संरक्षण दिन तयार छ,’ खतिवडाले भने ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...