CG Electronics
IME Life
NIMB

प्रधानमन्त्री ओली सुत्नलाई ४० लाखको पलंग खरिद गर्ने गरी २ करोड ४२ लाख निकासा,यस्तो बन्ने भो बालुवाटार

NIMB
Himalayan Bank

 

काठमाडौ । प्रधानमन्त्रीको सरकारी आवास बालुवाटारमा अत्याधुनिक प्रविधि सहितको सचिवालय निर्माण सुरु भएको छ।

विशेष भवन निर्माण तथा संभार डिभिजनका लागि अर्थ मन्त्रालयले कार्तिकमा साढे २ करोड रकम निकासा गरेपछि बालुवाटारमा ‘हाईटेक’ सचिवालय निर्माण गरिएको हो।

बालुवाटारमै रहेका भवनहरुलाई प्रयोग गरी प्रधानमन्त्रीको सचिवालयलाई अत्याधुनिक बनाउन लागिएको हो।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र उनका सल्लाहकारहरुको सुझाव बमोजिम सुरक्षा र सुविधासहितको अत्याधुनिक प्रबन्ध सहितको सचिवालय बनाईरहेको छ।

सचिवालयमा २ करोड ४२ लाख २५ हजार रुपैयाँ बराबरका सुरक्षा सामाग्री खरिद हुँदैछ। प्रधानमन्त्री ओलीले सुत्ने पलंग सहित अन्य सामग्री प्रयोग गर्ने र ४० लाखको पलंग किन्ने तयारी भएको श्रोतले बतायो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव बिनोदबहादुर सिँहले बालुवाटारमा केही भौतिक संरचना र सामाग्रीका लागि रकम निकासा भएको बताए। उनले आफूलाई समेत बिस्तृतमा खरिद हुने सामाग्रीका बिषयमा जानकारी नभएको बताए।

सरकारी र विशेष आवास तथा कार्यालय निर्माण गर्ने विभागले बालुवाटारमा निजी निवास, विशेष भेटघाट, कार्यालय र समूहगत छलफल तथा मन्त्रिपरिषद् बैठक समेत सञ्चालनका लागि सोही अनुसार भौतिक संरचना निर्माण गरिरहेको हो।

विभागले सुरक्षाका दृष्टिकोणले आधुनिक सुरक्षा ब्यारियरलगायत अन्य उपकरण जडान थालिएको छ।

विभागका प्रमुख रविन्द्र बोहराले प्रधानमन्त्रीको सचिवालय निर्माणका लागि बालुवाटारमा केही काम भइरहेको बताए। उनले रकम निकासाका बिषयमा आफूलाई केही जानकारी नभएको समेत बताए।

‘हामीले केही निर्माण कार्य गरिरहेका छौं, सुरक्षा प्रवन्धका लागि काम भइरहेको हो’ बोहराले भने, ‘रकम निकासाका बिषयमा भने मैलेपनि बुझ्नै पर्छ।’

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...