Ncell NPL
NIMB
Everest Bank

नेशनल लाइफद्धारा नयाँ बोनसदर सार्वजनिक

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । नेशनल लाइफ इन्स्योन्स कम्पनीले आव २०७७।०७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भई बोनसदर समेत स्वीकृृत भएपछि आज नयाँ बोनसदर सार्वजनि गरेको हो ।

कम्पनीले घोषणा गरेको बोनसदर अनुसार हालसम्मकै सबैभन्दा बढि ८५ रुपैयाँ प्रतिहजार प्रतिवर्ष पाइनेछ । आज सार्वजनिक नयाँ बोनसदर अनुसार सबै बीमितिले न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम् ८५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

सावधिक जीवन बीमा अन्तर्गत नौ अवधी वर्ष, १० देखि १४ वर्ष अवधी तथा १५ देखि २० वर्ष अवधीका बीमा पोलिसीका लागि समान ६४ रुपैयाँ प्रति हजार प्रति वर्ष बोनस पाउनेछन् । त्यस्तै २१ देखि २५ वर्ष अवधीका बीमा पोलिसीले ७० रुपैयाँ प्रति हजार प्रति वर्ष पाउनेछन् भने २६ देखि २९ वर्ष अवधीमा बीमा पोलिसीले ८५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार बोनस पाउनेछन् ।

सावधिकत तथा आजिवन बीमालेखहरुले नौ अवधी वर्ष, १० देखि १४ वर्ष अवधी तथा १५ देखि २० वर्ष अवधीका बीमा पोलिसीका लागि समान ६४ रुपैयाँ प्रति हजार प्रति वर्ष बोनस पाउनेछन् । त्यस्तै, २१ देखि २५ बीमा पोलिसीले ७० रुपैयाँ बोनस पाउनेछन् भने २६ वर्षभन्दा माथिका सबै बीमा पोलिसीले ८५ रुपैयाँ पाउनेछन् ।

त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखहरु नौ वर्ष अवधी तथा १० देखि १५ वर्ष अवधीमा बीमा पोलिसीहरुले समान ६३ रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस पाउनेछन् भने १५ देखि १९ तथा २० देखि २५ वर्ष अवधीमा अग्रिम भुक्तानी बीमा पोलिसीहरुले ६४ रुपैयाँ बोनस पाउनेछन् ।
नयाँ बोनसदर सार्वजनिक भएसँगै बीमा अभिकर्ताहरु उत्साहित भएका छन् । कम्पनीको बोनस दर नघटेकोले बीमा अभिकर्ताहरु उत्साहित भएका हुन् ।

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच...

वि.सं.२०८२ चैत ११ बुधवार ०८:५३

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा...

नेको इन्सुरेन्स लिमिटेडले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को डिजिटल क्यालेन्डर

नेको इन्सुरेन्स लिमिटेडले सार्वजनिक गर्‍यो नयाँ वर्ष...

वि.सं.२०८२ चैत ११ बुधवार ०८:४९

  काठमाडौं । देशको निर्जीवन बीमा क्षेत्रमा ३० वर्षदेखि सेवा...

एभरेष्ट बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ मा देशभर वित्तीय साक्षरता कार्यक्रम

एभरेष्ट बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ मा देशभर...

वि.सं.२०८२ चैत ९ सोमवार २०:४६

  काठमाडौं। एभरेष्ट बैंकले ‘Global Money Week 2026’को अवसरमा देशभर...

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो...

वि.सं.२०८२ चैत ९ सोमवार ११:५७

  काठमाडौं, नेपाल - २२ मार्च २०२६ - यामाहाले नेपालमै...

महालक्ष्मी विकास बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत...

वि.सं.२०८२ चैत ८ आइतवार २१:५४

  काठमाडौं। महालक्ष्मी विकास बैंक ले ‘ग्लोबल मनी विक–२०२६’ को...

प्रभु बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्रभु बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत देशव्यापी...

वि.सं.२०८२ चैत ८ आइतवार २१:५१

  काठमाडौं। प्रभु बैंक लिमिटेड ले ‘ग्लोबल मनी विक–२०२६’ को...