CG Electronics
IME Life
NIMB

सिटिजन लाइफद्धारा घातक रोग वापतको बीमा दाबी भुक्तानी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बुटवल शाखाले घातक रोग बापत १० लाख रुपैयाँ बीमितलाई हस्तान्तरण गरेको हो ।

गत शुक्रबार कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ८ मा एक कार्यक्रम गरि तिलोत्तमा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेको हो ।

तिलोत्तमा नगरपालिका वडां नं ८ निवासी अस्मिता गौतमले २०७८ कार्तिक महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट बीमा शुल्क ६६ हजार १ सय ७८ रुपैयाँ रुपैयाँ बार्षिक बुझाउने गरि १० लाखको सिटिजन शुभारम्भ योजाना बीमा खरिद गरेकी थिइन् ।

क्षेत्रीय शाखा प्रवन्धक दुर्गा राज ढकालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधामार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागी बिना बिल नै ५० लाख सम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए ।

बीमित गौतमले बिना झन्झट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थीक सहयोग र हौसला प्राप्त भएको बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरे । साथै उनले उपस्थित समयमा नै बीमा गर्ने सल्लाहसमेत दिइन् । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले आर्थिक जोखिमको सुरक्षाको लागि जीवन बीमा अपरिहार्य रहेकोले आफ्नो क्षमता अनुसारको बीमा गर्नुपर्ने बताए ।

कार्यक्रममा बुटवल शाखा प्रबन्धक पूर्ण चन्द्र सुवेदी , वरिष्ठ पत्रकार बिपि गौतम, सिटिजन स्टार राजेश थापा, एजेन्सी म्यानेजर आगात अर्याल, प्रेम राज न्यौपाने, नारायण थापा लगायत अन्य एजेन्सीहरुको उपस्थिती रहेको थियो ।

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा...

वि.सं.२०८३ असार १ सोमवार २३:१७

  काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप...

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच...

वि.सं.२०८३ असार १ सोमवार २३:१४

  काठमाडौं । नाडातर्फबाट अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ...

वि.सं.२०८३ असार १ सोमवार २३:०९

  काठमाण्डौ — नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता...

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्ड, अन्तर्राष्ट्रिय स्तरमा सम्मान

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’...

वि.सं.२०८३ असार १ सोमवार २३:०३

  काठमाण्डौ — कुमारी बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘इन्फोसिस फिनाकल...

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया भट्ट नेपालका लागि ब्रान्ड एम्बासडर घोषित

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया...

वि.सं.२०८३ असार १ सोमवार १५:५९

  विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्रान्ड टाइटन को नेपाल प्रवेशको...