CG Electronics
IME Life
NIMB

सुमार्गीको टेलिकम कम्पनी हेलो नेपालको अनुमति खारेज, ८० करोड रुपैयाँभन्दा बढी राजस्व बुझाउन बाँकी

NIMB
Himalayan Bank

काठमाडौँ । नेपाल सेटलाइट टेलिकम (हेलो नेपाल) को अनुमतिपत्र सरकारले खारेज गरिदिएको छ । नेपाल दूरसंचार प्राधिकरणले खारेज गरिसकेको उक्त अनुमति पुनः फिर्ता ल्याउन कम्पनीले सरकारसँग अपिल गरेको थियो । कम्पनीको अपिललाई सञ्चार मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई फरवार्ड गरेको थियो । मन्त्रिपरिषद्ले समेत उक्त अपिल झण्डै एक महिनाअघि नै खारेज गरेकाे मन्त्रिपरिषद् कार्यालयका एक अघिकारीले खुलासा गरेका छन् । हेलो नेपालको अनुमति खारेज भएसँगै अब उक्त कम्पनीलाई छुट्याइएको फ्रिक्वेन्सी अन्य कम्पनीले पाउन सक्ने वातावरण बनेको छ ।

हेलो नेपालले २०७७/७८ को बक्यौताबापत् करिब ३२ करोड रुपैयाँ कर नतिरेपछि २०७८ मंसिर १० मंसिरमा बसेको दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले हेलो नेपालको अनुमपति पत्र दोस्रो पटक खारेज गरेको थियो । उक्त खारेजीमा चित्त नबुझ्दा ३५ दिनभित्र नेपाल सरकारसमक्ष उजुरी दिन सक्ने व्यवस्था अनुसार कम्पनी सरकारसमक्ष पुगेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिकट मानिएका व्यवसायी अजयराज सुमार्गीको लगानी रहेको छ । २०७६ पुसमा तत्कालिन सत्तापक्ष रहेका प्रचण्डकै दबाबमा मन्त्रिपरिषद्ले हेलो नेपाल खारेज गर्ने प्राधिकरणको निर्णय उल्टाएको थियो । त्यसबेला मन्त्रिपरिषद्ले वर्षमा १ किस्ताका दरले ५ किस्तामा बक्यौता राजस्व रकम तिर्नुपर्ने गरी सहजीकरण गरिदिएको थियो । त्यसपछि पनि कम्पनीले बक्यौता रकम नतिरेपछि भने प्राधिकरणले दोस्रो पटक उसको अनुमतिपत्र खारेज गरेको थियो ।

विभिन्न शीर्षकमा सरकारलाई करिब ८० करोड रुपैयाँभन्दा बढी राजस्व बुझाउन बाँकी रहेको हेलो नेपालले आधारभूत दूरसञ्चार सेवाअन्तर्गत मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा मोबाइल फोन सेवा सेवा दिन अनुमति पाएको थियो। प्राधिकरणले हेल्लो नेपाललाई जीएसएम ९००र१८०० मेगाहर्ज स्पेक्ट्रम प्रयोग गर्न अनुमति दिएको थियो ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...