रंगभुमी मैदान मा प्रदेश नम्बर दुई का मुख्यमन्त्री सहितको टोलिद्धारा निरीक्षण
Sunday Nov 25, 2018
वि.सं.२०७५ मंसिर ९ आइतवार ११:३६

निरंजन साह,जनकपुरधाम । प्रदेश नम्बर दुईमा रामजानकी विवाह महोत्सव भव्य रुपमा मनाउने निर्णय गरेको प्रदेश सरकारले महोत्सवको तैयारी सरकारी स्तरबाट तीब्र पारेको छ।
जानकी मन्दिर संगको सहकार्यमा प्रदेश सरकारले महोत्सवको तैयारी शुरु गरेका हुन । महोत्सवको तयारी बारे जानकारी लिन र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन मुख्यमन्त्री मोहम्मद लालबाबु राउत आफै कार्यक्रमहरु स्थलहरुको निरिक्षण गर्नु भएको छ ।
मुख्यमन्त्री राउत सहित भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोलन , राजपा संसद प्रमेश्वर साह, नेकपा संसद रामचन्द्र मण्डल ,राजपा का महासचिव मनिष सुमन, विभिन्न मन्त्रालयका सचिव, जनकपुर उपमहानगरपालिाका मेयर लाल किशोर साह ,सुरक्षा निकायका प्रमुख सहितको टोलीले स्वयंम्बर स्थल रंग भूमि मैदान, जानकी मन्दिर सहितको स्थलगत निरिक्षण गर्नु भएको हो ।
मुख्यमन्त्री राउतले विवाहपंचमी महोत्सव र योगीको जनकपुर भ्रमणबारे प्रदेश प्रहरीका प्रमुख डिआइजी हरि बहादुर पाल, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरु संग सुरक्षा व्यवस्था बारे छलफल समेत गर्नु भएको छ ।
यस वर्षको महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत आउने भएपछि प्रदेश सरकारले महोत्सवलाई थप ऐतिहाँसिक बनाउन लागि परेको हो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी मंसिर २६ गते जनकपुरधाम आई जानकी मन्दिरमा पूजा पाठ गर्नुका साथै रंगभूमि मैदानमा आयोजन हुने स्वयंम्बर कार्यक्रममा समेत सहभागि हुने कार्यक्रम रहेका छन ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी २६ गते विहान १० बजे निजी विमानबाट जनकपुर विमान स्थलमा ओर्लिने र त्याहाँ बाट सिधै जानकी मन्दिर पूजापाठका लागि जाने कार्यक्रम रहेको छ ।
त्यस पछि उहाँ मधेश भवनमा आयोजन हुने सम्मान कार्यक्रममा सहभागी हुने जनाइएको छ । मधेश भवनमा मुख्यमन्त्री राउतले उत्तरप्रदेशका मुख्यमन्त्री योगीको सम्मानमा दिवा भोजको आयोजना गर्नु हुनेछ । सो अवसरमा मुख्यमन्त्री योगी सहित जन्ती बनेका आएका सातु सन्तहरुको लागि भण्डाराको कार्यक्रम समेत राखिएको मुख्यमन्त्री को प्रेस सल्लाहकार आतिस मिश्रले जनाएको छ । मधेश भवनमा हुने दिवाभोज पछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी रंगभूमि मैदानमा जाने र त्यहाँ भगवान राम र माता सिताको स्वयंम्बर कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
ई सबै कार्यक्रमलाई प्रदेश सरकारले जनकपुरधाम उपमहानगर पालिका र जानकी मन्दिरको समन्वयमा अगाडी बढाएको र यसका लागि प्रदेश सरकारले यस अघि नै ५० लाख रुपैया विनियोजन गरि सकेका प्रेससल्लाहकार मिश्रले जानकारी दिएका छन ।






















