ओलीलाई प्रधानमन्त्रीको कुर्सी बाट घिसारेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन बामदेवले थाले यस्तो खुराफात
Monday Nov 26, 2018
वि.सं.२०७५ मंसिर १० सोमवार ०८:४३

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन दबाब सुरु भएको छ । अब ओलीलाई धेरै समयसम्म प्रधानमन्त्री राख्नुहुँदैन् भन्ने दबाब प्रभावशाली नेताहरुले सुरु गरेका छन् ।
प्रचण्डलाई प्रधानमन्त्रीको लागि अब तपाई अघि बढ्नुहोस् भनेर नेता वामदेवले वचन दिईसकेको पनि स्रोतको दाबी छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउने सुत्रधार वामदेव बनेका छन् । त्यही भएर उनी नेकपाभित्र २१ भाईलाई समर्थन दिएका छन् ।
केन्द्रीय कमिटीको कार्यविभाजन गर्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित
शनिबार (८ मंसीर) बसेको सचिवालयको बैठकले आज बैठक बस्ने र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङ्ग्याउने सहमति गरेको थियो।
‘तर, अकस्मात आजको बैठक स्थगित गरियो’ नेकपाका एक नेताले भने, ‘कारण चाहिँ केहीपनि बताइएको छैन।’
आजको बैठक भोलिका लागि तय गरिएको छ, तर समय चाहिँ यकिन नगरिएको ती नेताले बताए।
केन्द्रीय सदस्यहरुको कार्यविभाजन तय गर्ने अन्तिम तरखरमा रहेको नेकपाले प्रदेश कमिटीलाई पूर्णता दिनपनि अन्तिम तयारी गरेको छ।
गृहमन्त्री रामबहादुर थापा र महासचिव बिष्णु पौडेलले तयार पारेको यस सम्बन्धी प्रतिवेदनलाई सचिवालयले भोलि अन्तिम रुप दिनेछ।
‘सम्भवत भोलि नै सबै प्रदेश कमिटीहरुले पूर्णता पाउनेछन्’ ती नेताले बताए, ‘प्रतिवेदन अध्यक्षद्वयले अध्ययन गरिरहेका छन्।’






















