CG Electronics
IME Life
NIMB

नयाँ युगको शुरुवात : आजदेखि श्रमिक र निजी क्षेत्रका कामदारले पेन्सन पाउँदै

NIMB
Himalayan Bank

काठमाडौं  ।  देशका लाखौं श्रमिक र निजी क्षेत्रका कामदारका लागि आज (मंगलबार) को दिन ऐतिहासिक उपलब्धीको दिन बन्दैछ ।

वर्षौ मजदुरी गर्दै आएका र निजी क्षेत्रको व्यवसाय प्रवद्र्धनका लागि श्रम गरेका श्रमिकहरुले आजदेखि पेन्सनलगायतका सुविधा पाउने भएका छन् ।

निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्ति भरण (पेन्सन) को व्यवस्थासहित सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना आज (मंगलबार) घोषणा गर्दैछ ।

श्रमिकको हकहितलाई ध्यान दिँदै सरकारले पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारका लागि सामाजिक सुरक्षा योजना शुरु गर्न लागेको हो । काठमाडौंस्थित प्रज्ञा भवनमा बिहान साढे ११ बजे विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजनाको सुभारम्भ गर्ने कार्यक्रम छ ।

यो योजनाले देशमा सामाजिक सुरक्षाको नयाँ युगको शुरुवात गर्नुका साथै दीगो व्यावसायिक वातावरण, असल श्रम सम्बन्धको निर्माण तथा आम श्रमिकको मर्यादित जीवनका लागि महत्व राख्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दावी गरेको छ ।

सामाजिक सुरक्षा दिवसलाई उत्सवका रूपमा मनाउन मन्त्रालयले सबै सरकारी एवं गैरसरकारी संघ संस्थालाई अनुरोध गरेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा शुभकामना दिँदै ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले यस दिवसको दिनदेखि सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको सन्देशमा उल्लेख गरेका छन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले मंगलबारदेखि सामाजिक सुरक्षा योजना लागू भएको बताउँदै आफूले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षा योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेका छन् ।

‘श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी मंगलबारबाटै प्रवेश गर्दैछौं,’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ । उनले सबै देशवासीहरूलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामना दिएका छन् ।

हाललाई पहिलो चरणमा यस योजनाले औपचारिक क्षेत्रको प्रतिष्ठान स्तरका श्रमिकहरूलाई समेट्ने र दोश्रो चरणमा अनौपचारिक र स्वरोजगारलाई यस योजनाले समेट्ने मन्त्रालयले जनाएको छ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...