CG Electronics
IME Life
NIMB

प्रदेशबाट पहिलो पटक प्रहरी भर्ना प्रक्रिया सुरु

NIMB
Himalayan Bank

निरंजन साह, जनकपुरधाम । देशमा संघीयता कार्यान्वयनमा आइसकेपछि प्रदेशबाट पहिलो पटक प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ। प्रदेश नम्बर मा सोमबारबाट प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ ।

नेपाल प्रहरी अन्तर्गत प्रहरी सहायक निरीक्षक (सई) पदमा रिक्त पदपूर्तिका लागि भर्ना प्रक्रिया सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको हो । प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक पदपूर्ति गर्न १५ असोजमा दरखास्त आह्वान गरेका थिए ।प्रदेश नम्बर दुईबाट सई पदका लागि १ हजार ६ सय ६१ जनाले आवेदन दिएको थियो । आवेदन दिनेहरुमा ५९ जना महिला र बाँकी सबै पुरुष रहेका छन् ।

सई पदका लागि प्रदेश नम्बर दुई बाट आवेदन दिनेहरु परीक्षार्थीहरुको प्रारम्भीक स्वास्थ्य परीक्षण र बाधा पारसम्बन्धी परीक्षा जनकपुरस्थित संघीय प्रहरी इकाई कार्यालमा सुरु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दानबहादुर थापाले जानकारी दिएको हो ।

थापाका अनुसार प्रधान कार्यालयले देशभर १०८ प्रहरी निरीक्षक, ५२४ सई, ६ हजार २४४ प्रहरी जवान र ३२० प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको हो । जस मध्ये प्रहरी निरीक्षकहरुको परीक्षा केन्द्रमा भइरहेको छ भने सईका लागि सबै प्रदेशहरुमा सोमबारबाट परीक्षा सुरु भएको थापाले बताएका छन । यसैगरी प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीको परीक्षासमेत प्रदेशमै सञ्चालन गरिने थापाले जानकारी दिएका छन ।

प्रदेश नम्बर दुई मा प्रतिस्पर्धिहरुको चापलाई हेरेर प्रत्येक दिन दुई सयको दरले १९ गते मंसिरसम्म परीक्षण कार्य सञ्चालन हुने थापाले बताएको हो । प्रहरी भर्ना तथा बढुवामा लोकसेवा आयोगको सिद्धान्त २०६९ को दफा १० अुनसार परीक्षा सञ्चालन भइरहेको जनाइएको छ। प्रदेशस्तरमा प्रदेशका प्रहरी प्रमुखकको नेतृत्वमा पाँच सदस्यीय प्रदेश प्रहरी पदपूर्ति उपसमिति गठन गरिएका छन ।

समितिमा प्रदेश प्रहरी प्रमुख डीआईजीसहित प्रहरी प्रधान कार्यालयका एक प्रतिनिधि, लोकसेवा आयोगका एकजना प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रतिनिधि रहने व्यवस्था छन ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...