CG Electronics
IME Life
NIMB

आर्थिक सुदृढीकरणका लागि एयर कनेक्टिभिटी,‍ ऊर्जा र पर्यटन

NIMB
Himalayan Bank

काठमाडौँ । मुलुकको आर्थिक सुदृढीकरणका लागि क्षेत्रीय सञ्जाल सञ्चालनमा राम्रो सम्भावना रहेको जनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको चौथो पूर्वाधार सम्मेलनमा सहभागी वक्ताले तत्काल मुलुकको ऊर्जा, कृषि, पर्यटन उत्पादन निर्यातका लागि जोड दिन आवश्यक रहेको जनाएका छन् ।

पर्यटन मन्त्री जीवनराम श्रेष्ठले कनेक्टिभिटी बिना विकासको गति लिन सहज नरहेको बताए । कृषि जलस्रोत र पर्यटन क्षेत्रका लागि यसको आवश्यकता रहेको उनले जानकारी दिए । ‘हवाई, जल, स्थल, रेल सञ्जालको आवश्यकता छ । विश्वको अवस्था छ । एउटा मात्र मुलुकको विकासले विश्व आर्थिक रूपमा मजबुत हुन सक्दैन । रिजनल कनेक्टिभिटीलाई अगाडि बढाउन आवश्यक छ । सङ्गै रहेका मुलुकको हातेमालोले समग्र अर्थतन्त्र सुदृढीकरण हुन सक्छ । रिजनल सङ्गै आन्तरिक कनेक्टिभिटीको पनि उत्तिकै आवश्यक छ ।’ उनले भने ।

हाल ४० मुलुकसँग दुईतर्फी हवाई उडान सम्झौता गरेको सरकारले अमेरिका र रुसमा उडान गर्ने तयारी सुरु गरेको उनले बताए । एउटा मात्र हवाई बिन्दु रहेका कारण महेन्द्रनगर, नेपालगन्ज र भैरहवा प्रवेश बिन्दु सञ्चालनमा ल्याउनका लागि भारत सङ्ग छलफल सुरु गरेको उनले जानकारी दिए । नेपाललाई १२ महिनै पर्यटकीय गन्तव्यको रूपमा ल्याउन लागि परेको उनले बताए ।

पछिल्लो समय दक्षिण एसिया क्षेत्रमा रहेका अधिकांश मुलुकमा पूर्वाधार विस्तारका लागि लगानी वृद्धि हुँदै आएको बोर्ड अफ डाइरेक्टर्स पार्टनरसिप फर ट्रान्स्प्यारेन्सीका प्रतिनिधि रजत नागले बताए । रिजनल कनेक्टिभिटीका लागि नेपाल सँग जोडिएका विभिन्न मुलुकको सीमा क्षेत्र लचिलो हुन आवश्यक रहेको उनले भनाइ थियो ।

‘क्षेत्रीय व्यापारमा ठूलो सम्भावना रहेको छ । पूर्वाधारतर्फ यतिखेर मल्टी मोडल यातायातको अभाव छ । अहिलेको मुख्य आवश्यक भनेको सडक र जलमार्गलाई मजबुत बनाउनु हो । सडक मार्गबाटै ७० प्रतिशत सामान ढुवानी हुँदै आएको छ । अधिकांश ट्रकले प्रति घण्टा तीस किलोमिटर दुरी पार गर्दै आएको हुन्छ‘ नागले भने ।

भारतीय सीमा क्षेत्रमा दैनिक ७५० ट्रक र बंगलादेश सीमामा दैनिक तीन सय ५० मालवाहक ट्रकको निरीक्षण हुँदै आएको उनले जानकारी दिए ।

हाल सडक मार्ग, ऊर्जा र प्रविधि विकासमा सहयोग गर्दै आएको विश्व बैंकले नेपालका लागि रिजनल कनेक्टिभिटी अति आवश्यक रहेको निर्देशक सेसील फ्रम्यानले बताइन् । नेपाल सँग स्थलगत मार्गबाट जोडिएका विभिन्न मुलुकमा सहजै मालवाहक गाडीको आउजाउको व्यवस्था आवश्यक रहेको उनले जानकारी दिइन् ।

‘क्रस बोर्डर ट्रेडका लागि यहाँ ठूलो सम्भावना रहेको छ । यसका लागि नेपाल र भारतबिच आउजाउ गर्ने मालवाहक गाडीलाई सहजताको व्यवस्थापन गरिदिनुपर्नेछ ।’ निर्देशक फ्रम्यानले भनिन्,’हामीले यही कुरालाई मध्यनजर गर्दै बोर्डर एन्ड बोर्डर इन्फ्रास्ट्रक्चर, उड्डयन, जल मार्ग, डिजिटलाइजेशन, क्लाइमेट चेन्ज लगायतमा वित्तीय सहयोग गर्दै आएका छौँ । ’

बैंकले नेपाल-बंगलादेशतर्फ आवतजावत सहजताका लागि १ ।२ अमेरिकी डलर खर्च गर्ने योजना बनाएको उनले बताइन् । विश्वबजारमा माग आइरहेको ऊर्जा विस्तारका लागि बैंकले सन् २०१५ देखि सन् २०३० सम्मका लागि २२६ बिलियन डलर खर्च वित्तीय साहयता गरेको उनले बताइन् । क्रस बोर्डर विस्तारका लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताइन् ।

हाल ऊर्जा, यातायात, उड्डयन क्षेत्रमा वित्तीय सहयोग गर्दै आएको एसियाली विकास बैंकले नेपाल बौद्ध धर्मावलम्बीको केन्द्रबिन्दु भएका कारण पर्यटन क्षेत्रमा अव्वल सम्भावना रहेको वरिष्ठ अर्थशास्त्री थियम ही एनजीले बताए ।

‘क्षेत्रीय विकासका लागि हामी आफ्नो तर्फबाट लागि परिरहेका छौँ । हामीले नेपालमा ऊर्जा । यातायातमा वित्तीय साहयता दिँदै आएका छौँ । रिजनल कनेक्टिभिटी सँगै व्यापार व्यवसायका लागि नेपालमा ठूलो सम्भावना रहेको छ ।’ उनले भने,’नेपाल ऊर्जा र पर्यटन उत्पादनको मुख्य गन्तव्य हो ।’

मुलुकको पर्यटन क्षेत्र पुनरुत्थान र विस्तारका लागि क्षेत्रीय र सञ्जालको भूमिका महत्त्वपूर्ण रहेको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बताइन् ।

‘कोभिड यता बिस्तारै पुरानो लयमा फर्किएको मुलुकको पर्यटन क्षेत्रका लागि एयर कनेक्टिभिटी, होटेल, रेष्टुरेण्टको भूमिका महत्त्वपूर्ण रहेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । पोखरा सञ्चालनमा आउने तयारीमा छ । यसमार्फत एयर कनेक्टिभिटी थप प्रभावकारी हुने देखिएको छ । ‘उनले भनिन्,’बोर्डले पनि नयाँ गन्तव्य पहिचान अभियानलाई अगाडी बढाउँदै आएको छ ।’

विद्युत् प्राधिकरणले आउँदो चार वर्षमा मुलुकको ऊर्जा क्षमता १३ हजार मेगावाट पुर्‍याउने योजना बनाएको प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए । उनले भारत र बंगलादेशसँग ट्रान्समिसन कनेक्टिभिटीको सम्भावना बलियो रहेको बताए ।

‘ट्रान्समिसन कनेक्टिभिटीका लागि भारत बंगलादेश नै प्रमुख बजार हुन् । हामीले गत महिना मात्र बंगलादेशका प्रतिनिधिसँग भेट्यौँ । दुई पक्षीय सम्झौता बारे कुरा भइसकेको छ ।’ उनले भने ।

नेपालमा भएको ऊर्जा विक्रीका लागि भारत र बंगलादेश नै प्रमुख बजार रहेको उद्योग परिसंघको ऊर्जा परिषद् सभापति ज्ञानेन्द्र लाल प्रधानले बताए ।

ऊर्जा क्षेत्र विस्तारका लागि वित्तीय सहायता गर्दै आएको मिलिनियम च्यालेन्जले मुलुकमा रहेका सरकारी संस्थाले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न आवश्यक रहेको कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले बताए ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...