बेटी पढाउ, बेटी बचाउ अभियानमा नायिका रेखा थापाको प्रोमोशन गर्ने इच्छा
Tuesday Nov 27, 2018
वि.सं.२०७५ मंसिर ११ मंगलवार ०९:३८

निरंजन साह,जनकपुरधाम । प्रदेश नम्बर दुईको सरकारले संचालनमा ल्याएको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानलाई नायिका रेखा थापा फाउण्डेशनले प्रोमोट गर्ने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले छोरीको लागि स्वर्णिम नेपाल कार्यक्रम अन्तर्गत महिला हिंसा तथा बालविवाह विरुद्ध कार्यक्रम संचालन गर्र्दै आएको फाउण्डेशनले अवको दिनमा बेटी पढाउ बेटी बचाउ कार्यक्रमको समेत प्रोमोट गर्ने बताउनु भएका छन ।
समाजिक रुपान्तरणको अभियान अन्तर्गत सरकारले ल्याएको बेटी पढाउ बेटी बचाउ अभियानमा नायिका रेखा थापाले प्रोमोशन गर्ने इच्छा व्यक्त गर्नु प्रदेशकै लागि सुखद रहेको बताउनु हुँदै मुख्यमन्त्री राउतले अन्य समाजिक व्यक्तित्वहरुलाई समेत अगाडी आउन आह्वान गर्नु भएको हो ।
पत्रकार सम्मेलनमा नायिका रेखा थापाले प्रदेश नम्बर दुईको सरकारले ल्याएको कार्यक्रमले आफुलाई प्रदेश नम्बर दुई मा आउन आकर्षित गरेको उल्लेख गर्नु भएका छन ।
उहाँले भने यस प्रदेशका बालबालिकाले मुख्यमन्त्रीको रुपमा राम्रो अभिभावक पाएको उल्लेख गर्नु हुँदै यस अभियानको सफलताको लागि आफु र आफनो फाउण्डेशनले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
रेखा थापा फाउण्डेशनले अहिले देशव्यापी रुपमा महिला हिंसा विरुद्धको कार्यक्रम संचालन गर्दै आएका छन ।






















