CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २४ आइतवार

skip this studyinindiaexpo

आइएमई पेमार्फत डिजिटल भुक्तानी गर्दा लाखौंँको उपहार पाइने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । दशैं, तिहार तथा छठ पर्वको अवसरमा आइएमई पेले ‘आइएमई पे डिजिटल दशैं तिहार २०७९’ अफर सार्वजनिक गरेको छ । उक्त अफर आश्विन १ गते देखि कार्तिक १५ गतेसम्म जम्मा४६ दिनसम्म कायम हुने कम्पनीले जनाएको छ ।

अनलाइन शप्पिङ साईट, दराजसँगको सहकार्यमा सार्वजनिक गरिएको अफरमा कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबिपिएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आइ टिभिको प्याकेज, दराजको हजारौँ भाउचर कोडदेखि लिएर १ जना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाईम एक्सेस र दुईजना भाग्यशाली विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर इ–स्कुटर पनि उपहार स्वरुप प्रदान गरिनेछ ।

आइएमई पे मोबाईल वालेटमार्फत विभिन्न कार्य तथा सेवाहरूको लागि सहजै अनलाइन भुक्तान गर्न सकिन्छ । यसै डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरू माझ अझ बढावा दिन यस महा–अफर मार्फत आइएमई पेबाट विभिन्न भुक्तानी गरे बापत पनि उपहारहरू प्रदान गरिने कम्पनीले जनाएको छ । अफर अवधि भरी आइएमई पेबाट क्यूआर भुक्तानी गर्ने ५ जना भाग्यशाली विजेताले सामसुङ स्मार्टवाच ४ (प्रति), मोबाईल रिचार्ज गर्ने १ जना भाग्यशाली विजेताले एप्पल म्याक्बुक एयर १३.६ एमटु, हवाइ टिकट काट्ने २ जना भाग्यशाली विजेताले १ तोला २४ क्यारेट सुन (प्रति), आइएमई पेमा बैंकको खाता लिङ्क गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ ग्यालेक्सी ट्याब एस सेवेन+ (प्रति) र आइएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ स्मार्ट टिभि (५५ इन्च, प्रति) पाउन सक्नेछन् ।

चाडपर्व कै अवसर पारी आइएमई पे मार्फत क्रिस्टल डाइग्नोस्टिक, सिनामंगलमा भुक्तानी गर्दा प्रयोगकर्ताहरुले १५% छुट र हिमाल डेन्टलमा १५% छुट पनि प्राप्त गर्न सक्नेछन् । साथै आइएमई पेको प्रयोगकर्ताहरुले आइएमई पे एपमा कुनै पनि कारोवार गरेको आर्थिक बिवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप पनि पाउने कम्पनीले जनाएको छ ।

दैनिक उपहारको विजेताहरुको घोषणा हरेक हप्तामा एक पटक सामाजिक संजाल मार्फत हुनेछ भने अरु सबै उपहारहरुको विजेताको घोषणा अफर अवधि पश्चात सामाजिक संजालमा तथा कम्पनीको लागि सम्भावित कुनै पनि माध्यम मार्फत हुनेछ ।

विश्व वातावरण दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकको चौथो साइकल र्‍याली भव्य रूपमा सम्पन्न

विश्व वातावरण दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकको चौथो...

वि.सं.२०८३ जेठ २४ आइतवार १०:४९

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल...

कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

कुमारी बैंक लिमिटेड र बी एण्ड बी...

वि.सं.२०८३ जेठ २४ आइतवार १०:०८

  काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी...

प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण, डिजिटल शिक्षण सिकाइमा जोड

प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड...

वि.सं.२०८३ जेठ २३ शनिवार १९:५६

काठमाडौं । प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा...

नेपाल उद्योग परिसंघको २३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा अध्यक्ष वीरेन्द्रराज पाण्डेद्वारा प्रस्तुत स्वागत मन्तव्य

नेपाल उद्योग परिसंघको २३औँ वार्षिक साधारण सभाको...

वि.सं.२०८३ जेठ २३ शनिवार १९:४५

काठमाडौं । माननीय अर्थमन्त्रीज्यू, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यू,...

हुवावे सूचना तथा सञ्चार प्रविधि प्रतियोगिता २०२५–२०२६ को विश्वव्यापी अन्तिम चरण शेन्जेनमा सम्पन्न: भविष्यका कृत्रिम बुद्धिमत्ता (AI) प्रतिभा विकासका लागि प्रविधि तथा अभ्यासमूलक मञ्च

हुवावे सूचना तथा सञ्चार प्रविधि प्रतियोगिता २०२५–२०२६...

वि.सं.२०८३ जेठ २३ शनिवार १३:५७

    शेन्जेन, चीन, जुन ५, २०२६ – आज चीनको...

शैक्षिक परामर्श क्षेत्रमा धरौटी चाहिँदैन, व्यवसायीले स्वीकार्ने अवस्था छैन : इक्यान अध्यक्ष पौडेल

शैक्षिक परामर्श क्षेत्रमा धरौटी चाहिँदैन, व्यवसायीले स्वीकार्ने...

वि.सं.२०८३ जेठ २३ शनिवार १२:२९

  काठमाडौं । यतिखेर नेपालको शैक्षिक परामर्श (कन्सल्टेन्सी) क्षेत्र सरकारी...