प्रभु इन्स्योरेन्सकी अध्यक्ष लामालाई सुप्रबल जनसेवाश्री, सिईओ बज्राचार्य र सञ्चालक भट्टचनलाई पनि विभुषण
Monday Sep 19, 2022
वि.सं.२०७९ असोज ३ सोमवार १२:४२
काठमाडौं । प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा, सिईओ संचित बज्राचार्य र सञ्चालक शिक्षा भट्टचनलाई सरकारले सातौं संविधान दिवसको अवसरमा विभिन्न पदकबाट सम्मानित गर्ने निर्णय गरेको हो ।
संविधान दिवसको अवसरमा प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा सुप्रबल जनसेवाश्रीबाट विभुषित हुने भएकी छिन् । सरकारले सातौं संविधान दिवसको अवसर पारेर आज सार्वजनिक गरेको मान पदवी विभुषण सम्बन्धी सूचिमा प्रभु इन्स्योरेन्स कम्पनीकी अध्यक्ष लामालाई सुप्रबल जनसेवाश्री पदकबाट विभुषित गर्ने उल्लेख छ ।
त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य राष्ट्र यशोवद्र्धक अलंकारबाट विभुषित हुने भएका छन् । बज्राचार्य लामो समयदेखि बीमा क्षेत्रमा योगदान पुर्याएका व्यक्ति हुन् ।
त्यस्तै प्रभु इन्स्योरेन्सकै सञ्चालक शिक्षा भट्टचनलाई संविधान दिवसको अवसरमा विकास रत्न पदकबाट सम्मानित गर्ने निर्णय गरिएको छ । सरकारले प्रभु इन्स्योरेन्स कम्पनीका तीन जनालाई विभुषण दिने निर्णय गरेको हो । यी पदक तथा विभुषणहरु आगामी बैशाखमा वितरण हुनेछन् ।




























