CG Electronics
IME Life
NIMB

एक अर्बका दुई सेट रेल किन्न प्रधानमन्त्री ओलीले भारत पठाए टीम,ओलीको फोटो टाँसेर यसरी कुद्ने भए रेल

NIMB
Himalayan Bank

 


भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म आउने रेलको लिक लगभग तयार भइसकेको छ। कात्तिक पहिलो साता ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) बोकेर उक्त लिकमा रेल गुडिसकेको छ।

अधिकारीहरूले सन् २०१८ भित्रै जयनगरदेखि कुर्थासम्म नियमित रेल सञ्चालन गर्ने बताएका छन्।

तर रेल आफैं किनेर चलाउने कि भाडामा लिनेबारे भने टुंगो लागिसकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओली भने रेल भाडामा लिनुको साटो आफैं किन्नु पर्ने पक्षमा छन्।

‘प्रधानमन्त्रीले भाडामा होइन किनेरै रेल चलाउने चाहना व्यक्त गर्नुभएको छ,’ रेल विभागका एक अधिकारीले भने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले रेल भाडामा लिने कि किन्ने दुबै विषयमा छलफल भइरहेको बताए।

‘रेल किन्न पनि सजिलो रहेनछ। हामीलाई चाहिने किसिमको रेल हुनुपर्‍यो। नत्र अर्डर गरेर बनाउनु पर्ने रहेछ,’ अधिकारीले भने, ‘हामी सकभर किन्नेमा नै छौं तर भनेजस्तो पाइएन भने अर्डर गरेर तत्काल भाडामा लिने कि भन्ने कुरा पनि भइरहेको छ।’

रेल विभागका अनुसार जयनगर-कुर्था रूटमा चलाउन मिल्ने एक सेट रेलको मूल्य ५० करोड रूपैयाँ पर्छ। यो रूटमा चलाउन कम्तिमा दुई सेट रेल चाहिने विभागले जनाएको छ।

‘एउटामा समस्या भयो भने अर्को चलाउनु पर्छ, दुईटा सेट त चाहिन्छ नै,’ विभागका महानिर्देशक बलराम मिश्रले भने।

जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरमा रेल चलाउने विभागको तयारी छ।

यसैबीच मन्त्रालयको एक टोली भारत गएर रेलवे सञ्चालनको अध्ययन गरेर फर्किएको छ। सचिव अधिकारीको नेतृत्वमा पाँच जनाको टोली शुक्रबार मुम्बई गएको थियो।

टोलीले मुम्बईदेखि गोवासम्मको ६०० किलोमिटर रेल सञ्चालनको अध्ययन गरेको महानिर्देशक मिश्रले बताए।

‘सुरक्षा, लाइट, सकेंत, स्टेशन व्यवस्थापन, कर्मचारी संगठनबारे उनीहरूले कसरी काम गरेका रहेछन् भनेर हेर्‍यौं,’ मिश्रले भने, ‘रेल चलाउनु त जहाज चलाउनुजस्तै पो रैछ।’

नेपाली टोलीलाई कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसिएल) का कर्मचारी स्थलगत भ्रमण गराएको थियो। यही कम्पनीले रक्सौललाई काठमाडौं जोड्ने रेलमार्गको स्थलगत अध्ययन गरेको थियो।

उक्त अध्ययनमा कोंकणले १४० किलोमिटर र १९० किलोमिटरका दुई रूटमा रेलमार्ग बनाउन सकिने जनाएको छ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...