CG Electronics
IME Life
Ncell NPL

नेपाल वाल प्लास्टको “निर्माण गुणस्तरमा, मोवाइल पकेटमा” दशैं सौगात योजना

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरेर “दशैं सौगात” नामक योजना बजारमा ल्याएको छ । “निर्माण गुणस्तरमा, मोवाइल पकेटमा” नाराका साथ यो योजना असोज ३ गते देखि कार्तिक १३ गते सम्मको लागि संचालन गर्न लागिएको जनाएको छ । यस योजना अन्तर्गत, प्रत्येक ५२५ बोराको खरिदमा पक्का उपहार स्वरुप रियलमीको सी ३० मोवाइल प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

यस योजनामा विशेषगरी कम्पनीका नयाँ तथा पुराना ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाल वाल प्लास्टका वालप्लास्ट, ब्रिक फिक्सो, ब्लक फिक्स, टाइल फिक्स प्लोर तथा टाइल फिक्स वाल गरी पाँच वटै उत्पादनमा यो योजना लागु हुने छ ।

घर बनाउदा सिमेन्टको गुणस्तरमा निकै सजग हुने गरेको हामी बालुवाको गुणस्तरमा भने वेवास्ता हुने गरेका छौं । घर निर्माणमा बालुवाको गुणस्तर पनि उत्तिकै सजग हुनुपर्ने शिक्षालाई अझ विस्तृत रुपमा फैलाउन यो योजनाले महत्वपूणर् भुमिका खेल्ने कम्पनीको अनुमान रहेको छ ।

व्यस्त जीवनशैलीमा समयको बचत नै अमुल्य धन भएको कुरा पनि नर्कान नसकिने हुँदा, सबैभन्दा बढी समय लाग्ने निर्माणमा पनि कसरी समयको बचत गर्न सकिन्छ भन्ने कुराको खोजी गर्दै त्यस्ता उत्पादनहरुलाई प्रोत्साहन गर्न कम्पनीको योजना रहेको जानकारी नेपाल वाल प्लास्टका संस्थापक प्रबन्ध निर्देशक नरेश प्रसाद साहले दिए ।

विश्व निर्माण जगतमा ड्राइ मिक्स मोर्टार प्रचलित नाम हो । विश्वका कयौं विकशित देशहरुमा यस प्रकारको निर्माण सामाग्रीको प्रचुरमात्रमा प्रयोग हुने गरेको छ । नेपालमा ड्राइ मिक्स मोर्टार नयाँ र नौलो उत्पादन हो ।

यसको निर्माण क्षेत्रमा अवसर हेर्दै ग्राहकसामु आफ्नो उत्पादन पुर्‍याउन तथा निर्माण क्षेत्रको व्यापक विश्लेषण गर्दै यसलाई प्रभावकारी बनाई दीर्घकालीन रूपमा आफ्नो व्याबसायिक प्रतिष्ठा जोगाउन लागि पर्ने पनि कम्पनीले दावी गरेको छ । यसै दावीलाई सहयोग पुग्ने आशाका साथ सो डिलर योजनाको सुरुवात गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आफ्ना उत्पादनको गुणस्तर र विशेषताबारे स्पष्ट पार्दै पानी राख्नासाथ प्रयोग गर्न मिल्ने, जसले गर्दा समयको बचत तथा मितव्ययी हुने, उत्पादकत्वमा वृद्धि हुन गई कम लागतमा काम सम्पन्न हुने हुँदा उत्पादनको बजार मूल्य सस्तो हुने जनाउँदै, मेसिन मिक्स भएका कारण एकनासको गुणस्तर रहिरहने कम्पनीको दावी रहेको छ ।

स्वदेशी सामानको प्रयोग गरी प्रवद्र्धन गर्न अनुरोध गर्दै उत्पादन तथा वजार व्यवस्थापनमा विविध चुनौति रहेता पनि आफ्ना उत्पादनका बिशेषताहरुले गर्दा हरेक समस्यालाई चिर्दै अगाडि बढ्ने कम्पनीको प्रतिबद्धता रहेको छ ।

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ !

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:११

काठमाडौं । गर्मी बढ्नासाथ नेपाली घर, अफिस, होटल तथा व्यापारिक...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३९

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी काठमाडौं...

भरतपुर विद्युतका २८१ ग्राहक कालोसूचीमा

भरतपुर विद्युतका २८१ ग्राहक कालोसूचीमा

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२०

चितवन । नेपाल विद्युत प्राधिकरण अन्तर्गत भरतपुर वितरण केन्द्रले विद्युत...

बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्दै बालबालिकामा लगानी गर्न जोड

बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्दै...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:१४

काठमाडौं । बाल पोषण भत्ता सबै जिल्लामा बिस्तार गर्न तथा...