CG Electronics
IME Life
Ncell NPL

सुमार्गी ग्रुपले चिनियाँ अटोमोटीभ ग्रुपको ‘बीएआईसी’ ब्राण्डको गाडी नेपाल भित्र्याए

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सुमार्गी ग्रुपले चिनियाँ सरकारी कम्पनी बेइजीङ अटोमोटीभ ग्रुप (बीएआईसी) ले उत्पादन गरेको ‘बीएआईसी’ ब्राण्डको गाडी नेपाल भित्र्याएको छ । यो सँगै सुमार्गी समूह पनि अटोमोवाइल व्यवसायमा प्रबेश गरेको छ ।

सुमार्गी ग्रुपको नयाँ शोरुम काठमाडौंको मिनभवनमा सन्चालनमा आएको छ । बीएआईसी चीनको छैठौ ठूलो गाडी उत्पादक कम्पनी हो । उक्त कम्पनीले जर्मन ब्राण्ड मर्सडिज बेन्ज र कोरियन ब्राण्ड हुन्डाईसँग संयुक्त लगानमा गाडी उत्पादन गर्दै आएको छ ।

बीएआईसी ग्रुप अन्तर्गत बेइजीङ, बीएडब्लू, चांगन, फोटन मोटर, आर्कफक्स जस्ता ब्राण्ड रहेका छन् । उक्त कम्पनीले अहिले नेपाल ल्याएको गाडी भने बीएआईसीले उत्पादन गरेको बेइजीङ बीजे४० एल अफरोड एसयूभी हो । सन् २०१६ मा बेइजिङ अटो शोमा डेभ्यू गरेको बीजे४० एल फोर डोर लाइफस्टाइल अफरोड एसयूभी हो ।

कम्पनीले बीजे ४० एलको लम्बाई ४ हजार ६३० एमएम चौडाई १ हजार ८४३ एमएम र उचाई १ हजार ८६१ एमएम रहेको छ । बीजे४०एलमा २७३० एमएमको लामो ह्वीलवेस पाउन सकिन्छ । यसमा २५४ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स रहेको छ ।

मस्कुलर बडी, आकर्षक फाइफस्टाइलको ग्रिल, चारै चक्कामा डिक्स ब्रेक, ठूलो साइजको टायरले यो एसयूभी रगेड देखिएको छ । यसको फ्रन्ट तथा रियर लाइटहरु एलइडी छन् । रिमूभेवल रुफ रहेको यो एसयूभीमा १२।३ इन्चको इन्स्टुमेन्ट क्लस्टर, रियर पार्किङ क्यामेरा सहितको १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ ।

यसका विशेषतामा रियर पार्किङ सेन्सर, अटोमेटीक आइआरभीएम, सिक्सवे एड्जस्टेवल ड्राइभर सिट, फोरवे एड्जस्टेलवल प्यासेन्जर सिट, हिटेड फ्रन्ट सिट, मल्टीफङ्सनलन स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल, डिउलजोन अटोमेटीक एसी, एयर फिल्टर सिस्टम, रेड एण्ड व्ल्याक डियूल कलरको इन्टेरियरले यसको क्यावीनलाई प्रिमियम रहेका छन् ।

साथै उक्त गाडीमा सुरक्षाका लागि इबीडी सहितको एबीएस, इएसपी, इबीए, टीसीए, एचएसी, एचडीसी, आरएमआई, इपीबी, अटोहोल्ड, डिउल फ्रन्ट एयरब्याग, स्नो तथा स्पोर्ट मोड पाउन सकिन्छ ।

बीजे४० एलमा २.० लिटरको टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले २०४ हर्सपावर र २९० न्यूटर मिटर टर्क प्रदान गर्छ । फोर ह्वील ड्राइभ क्यापासिटीको कारण यो एसयूभीलाई नेपालको भौगोलिक अवस्थामा विकट र पहाडी सडकमा सहजै चलाउन सकिने यसको अर्को विशेषता हो। यसमा ६ स्पीड क्षमताको म्यानुअल गियरबक्स छ ।

नेपालको बिमा क्षेत्र: कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र: कम्पनी घटे पनि कारोबार...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका अनुसार...

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र मूल्यबृद्धिका लागि विकल्प बन्नसक्ने

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:०८

एजेन्सी । विश्व बजारमा इन्धनको संकट चुलिरहेका बेला मे महिनाको...

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५३

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको...