CG Electronics
IME Life
NIMB

स्थानीयलाई सहरी मन्त्री चौधरीले भने–कामको निगरानी गर्नुस्

NIMB
Himalayan Bank

लमजुङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले काम समयमा हुन्छ वा हुदैन भन्ने कुराको निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरेका छन् । त्रसय–दुराडाँडा–अर्चल्यानी सडक स्तरोन्नती कार्यक्रमको शिलान्यास पछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रादेशीक सडकका रुपमा विकास गरिएको यो सडक आज हाम्रो काँधमा आएको छ । हामीले यो सडकलाई थप स्तरीय बनाउने छौँ । कालोपत्रे गर्ने छौँ । यो सडक निर्माण सम्पन्न भएपछि यहाँका जनतालाई ठुलो राहत हुनेछ । काम समयमा हुन्छ कि हुदैन भनेर निगरानी गर्नुस् ।’
हिजो एउटा परिस्थिति थियो । मैले बाटो ल्याएँ । मैले विकास गरेँ भन्ने स्थिति थियो । तर अहिले समय बदलिएको छ भन्दै मन्त्री चौधरीले थपे, ‘हिजो झगडा गर्ने संस्कार थियो । अब मिलेर विकास गर्ने समय आएको छ । अब तपाईंहरुले विकास सरकारले गर्याे भन्नुपर्छ । नेपाल सरकारले सहरी मन्त्रालयले कामको सुरुवात गर्छ । सहजीकरण नगरपालिकाले गर्छ । सम्बन्धित वडाले गर्छ । काम समयमा भएको छ कि छैन यो कुरा तपाईंहरुले हेर्ने हो । हाम्रो गाउँ आफै बनाउने हो । आफ्नो ठाउँ आफै बनाउने हो ।’
सहरी मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले सडक विकासका लागि नियमित बजेटको व्यवस्था गरिने प्रतिवद्धता जनाए । त्यसैगरि सहरी विभागका उपमहानिर्देशक नारायण भण्डारीले सडक विस्तार सँगै जनताको आय आर्जन बढ्ने धारणा राखे ।
संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका आयोजना प्रमुख सुरोज पौडेलले सडकको विकासले माछापुच्छे«, अन्नपूर्ण, मनास्लु जस्ता थुप्रै हिम श्रृंखला हेर्ने पर्यटकको आइरो लाग्ने बताए । त्यसका साथै उनले ग्रामिण भेगमा होम स्टे देखि लिएर आर्थिक तथा सामाजिक रुपान्तरण हुने धारणा राखे ।
कार्यक्रममा सुन्दर नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, उपमेयर भवानी केसी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
५१ करोड ९५ लाख ९३ हजार ९९ लागत अनुमान गरिएको उक्त सडकको कुल लम्बाई १५.०२ कि. मि. हुने छ भने सडकको चौडाइ ७.० मि (डे«न बाहेक) र कालोपत्रेको चौडाई ५.५ हुने जनाइएको छ ।
त्यसैगरि सहरी मन्त्री चौधरीले तनहुँको व्यास न.पा. मानुङ्गमा निर्मित पर्यटकीय मार्गको उद्घाटन समेत गरेका छन् । उक्त सडकको कुल लागत ७ करोड ३ लाख १३ हजार ३८९ रहेको छ भने सडकको लम्बाई ४.६ कि. मी. रहेको छ ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...