CG Electronics
IME Life
NIMB

घाँटी थिचेर मध्यरातमा ८ बर्षिय बालकको राजधानीमै यसरी भयो हत्या,हत्यारा सार्की जाकीए खोरमा

NIMB
Himalayan Bank

प्रवीण कुँवर चार वर्षदेखि गोंगबुमा स्वस्तिका गेस्ट हाउस सञ्चालन गर्दै आएका थिए। मंसिर ११ गते साँझसाढे ६ बजे उनका ८ वर्षीय छोरा प्रयास कुँवर अचानक बेपत्ता भए।

स्याङ्जा जिल्लाका कुँवरको गेस्ट हाउसमा एक महिनाअघि महेन्द्र सार्की काम खोज्दै आइपुगेका थिए। स्याङ्जाबासी नै रहेका कारण कुँवरले गेस्ट हाउसमा काम दिएका थिए। सार्की ड्राइभरको रुपमा काम गरिरहेका थिए।

महानगरीय अपराध महाशाखाका अनुसार २२ वर्षीय सार्की राम्रोसँग काम गर्थेनन्। सधैंजसो काममा ढिलो आउँथे। राम्ररी काम नगरेपछि सञ्चालक कुँवरले सार्कीलाई कामबाट निकालिदिने धम्की दिइरहेका थिए।

मंसिर ११ गते पनि कुँवरले सार्कीलाई चेतावनी दिएका थिए। सोही चेतावनीको ‘रिस फेर्न’ सार्कीले उनका छोराको अपहरण योजना बनाएको महाशाखा प्रमुख धीरजप्रताप सिंहले बताए।

सिंहका अनुसार मिठाइ खुवाउने भनेर फकाएर सार्कीले बालकलाई उठाएका थिए। त्यसैदिन राति रानीबारीको जंगल लगेर सार्कीले बालकको घाँटी थिचेर हत्या गरेको सिंहले बताए।

बालक र सार्की सँगसँगै बेपत्ता भएको भोलिपल्ट प्रहरीलाई खबर गरिएको थियो। खबर पाउनेवित्तिकै अपराध महाशाखाको टोली सार्कीको खोजीमा जुट्यो।

सार्कीलाई बिहीबार गोंगबुस्थित डेराबाटै प्रहरीले समात्यो। तर, सार्की समातिएपछि अनुसन्धान गर्दा अपहरण गरेकै राति बालकको हत्या गरेको खुल्यो।
‘अपहरण भएकै दिन हत्या गरेको बयान दिएपछि रानीबारी जंगलमा खोज्दा आज झोलामा बालकको शव फेला पर्‍यो,’ सिंहले भने।
सिंहका अनुसार पक्राउ परेका सार्कीमाथि अनुसन्धान थालिएको छ। बालकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...