CG Electronics
IME Life
NIMB

सांसद समेत रहेकी भारतीय राजदूतकी प्रेमिका बोकेर राष्ट्रपति विद्या भोली पोल्याण्ड जाने,अरु को को जाँदै छन्?

NIMB
Himalayan Bank

राष्ट्रपति विद्यादेवी भण्डारी भोलि पोल्याण्डको भ्रमणमा जाँदै छिन्। २ डिसेम्बर आइतबार देखि १४ डिसेम्बरसम्म पोल्याण्डको कातोविचमा आयोजना हुने संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि कोप २४ को उद्घाटन कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी भोलि त्यसतर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारीसँगै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत पनि त्यसतर्फ जाने कार्यक्रम रहेको छ। राष्ट्रपतिको भ्रमण टोलीमा संघीय सांसदका सदस्यहरू पूर्णा कुमारी सुवेदी, कृष्ण गोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतम, रामसहाय प्रसाद यादव र चन्द्रा चौधरी सहभागी हुने छन्। राजपा नेपालकी साम्सद चौधरी भारतीय राजदूतकी प्रेमिका भएको चर्चा राजपा पार्टीमा चल्ने गरेको अर्का एक साम्सदले बताए।

त्यस्तै भ्रमण टोलीमा राष्ट्रपति कार्यालयका अधिकारीहरू, परराष्ट्र र वन मन्त्रालयका उच्च अधिकारीहरूसमेत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै भ्रमण टोलीमा सरकारी सञ्चार माध्यमका प्रतिनिधि, सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन्।
राष्ट्रपति भण्डारी पोल्याण्डका समकक्षी आन्द्रेइज सेवास्टीन डुडाको मैत्रीपूर्ण निमन्त्रणमा त्यसतर्फ जान लागेकी हुन्। उनको पोल्याण्ड भ्रमणलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वीकृति दिएको दिने निर्णय गरेको थियो।

यस्तो छ भ्रमण कार्यक्रम
यसैबीच राष्ट्रपति भण्डारीले पोल्याण्ड भ्रमणका क्रममा कोप २४ को उद्घाटन कार्यक्रममा सहभागी हुने छिन्। उनले कोप २४ को उच्चस्तरीय सत्रलाई सोमबार ३ डिसेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारीले आइतबार २ डिसेम्बरमा जर्मनीको वर्लिनस्थित नेपाली दूतावासमा दूतावासले आयोजना गरेको सम्मेलनमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। वर्लिनस्थित दूतावासले पोल्याण्डलाईसमेत हेर्दै आएको छ।

सोमबार बिहानै राष्ट्रपति भण्डारीसँग राष्ट्र संघको महासभाकी अध्यक्ष फर्नान्डा स्पीनोसा गार्सियसले सम्मेलन साइडलाइनमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सोमवार साँझ नै पोल्याण्डका राष्ट्रपतिले सहभागी देशका सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा राष्ट्रपति भण्डारी सरिक हुनेछिन्।

त्यस्तै मंगलवार ४ डिसेम्बरमा राष्ट्रपति भण्डारीले पोल्याण्डका राष्ट्रपति डुडासँगै कातोविचमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। राष्ट्रपति भण्डारी बुधवार ५ डिसेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ। उनी बिहीवार बिहान काठमाडौँ आइपुग्नेछिन्।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...